भोजपुर विमानस्थल कालोपत्रेको काम सकियो

संचालनमा आएको तीन दशक वितिसक्दा पनि कालोपत्रै नभएकै कारण नियमित उडान हुन नसकेको भोजपुरको टक्सार विमानस्थलको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थलको धावनमार्ग ४० बर्षदेखि कच्ची रहेकै कारण विमान अवतरण गर्न कठिनाईले उडान अवरुद्ध हुने विमानस्थलमा धावनमार्ग कालोपत्रे भएपछि नियमित उडान हुने भएको छ ।
विमानस्थल धावनमार्ग कालोपत्रेको काम सकिएकोले यसै महिनाभित्रमा उडान भर्ने तयारी नागरिक उड्ययन कार्यालय भोजपुरले जनाएको छ । ५ करोड २१ लाखमा ५४५ लम्बाई र २० मीटर चौडाई रहेकोे धावनमार्गको कालोपत्रे कालिका प्यासेफिक जेभि कन्र्टक्सन कम्पनीले बर्ष अघिदेखि काम शुरु गरेको थियो । नेपाल बायुसेवा निगम र ताराएयरले हप्तमा ४ पटक उडान भर्दै आएको भोजपुरमा बर्षायामको समयमा उडान नै अवरुद्ध हुने गरेको थियो । धावनमार्ग कच्ची भएकै कारण हवाईजहाज अवतरण गर्न नसकिने, चक्का भासिने, हवाईजहाज भासिएर मर्मतमा खर्च हुनेजस्ता कारणले नियमति उडान हुन सकेको थिएन । कालोपत्रे भएपछि नियमति उडान हुने आशमा भोजपुरबासी खुसी भएका छन ।
धावनमार्ग स्तरोन्तीका कारणले विगत ९ महिनायता देखि उडान बन्द रहदै आएको थियो । धावनमार्ग सञ्चालनमा आएको ३६ बर्ष वितिसक्दा पनि कालोपत्रे नहुँदा बर्षात भएको समयमा अवरुद्ध हुने उडानहरु कालोपत्रे हुने भएपछि नियमित सञ्चालन हुने भएको छ । भोजपुर सदरमुकामदेखि आधा घण्टा पर्ने टक्सार विमानस्थलमा नियमित उडान नहुदाँ यात्रुलाई सास्ती र विमानस्थलमै विरामीको मृत्यू समेत हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार