साकेलाको रौनकसंगै उभौँलीलाई विदाई

  सिलिचुङ सम्वाददाता  100 पटक हेरिएको

शनिबार विदाका दिन भएकाले सदरमुकाम आसपासका महिलाहरु श्निबारे हटियामा थुन्से(किराँती पराम्परागत सामान, कोसेली बोक्ने बाकुलो बाँसका चोयाले दुलो टालिने गरि बनाईएको डोको) मा टनाटन व्यापार लिएर विहानै बजार आएका थिए । बजारका मानिसहरुलाई तरकारीले पाल्ने पासैको बोखिम, भैँसीपंखा, हेलौँछा, कोट, दलगाउँ, टक्सार, आम्तेक लगायत विभिन्न स्थानबाट शनिबारे हटिया भर्न र किनबेच गर्न मानिसहरु हतारहतार गर्दै थिए । किनकी शनिबार यो सालको अन्तिम उभौँली साकेला नाच हुने भएकाले विशेष गरेर किँराती सँस्कृति झल्कने पहिरनमा सबै बजार भर्दै थिए ।
दिनको मध्यान्ह करिब साढे १२ बजेतिर स्थानिय टुँडिखेलमा ढोलझ्याम्टाको धुनले गुञ्जयमान हुँदै थियो । किराँत तथा गैर किँरातहरु ह्तार हतार गरेर टुँडिखेलमा भेला भए । एकछिन पटि सिलि माङपा( सिलि झिक्ने कुल धामी आएर साकेला को सिलि सुरु गरे । एकछिनपछि साकेलाको रमझम सुरु भयो । नाच्नेहरु उफ्रिउफ्रि तालमा ताल मिलाएर नाच्दै थिए त कोहि बाहिरै बसेर साकेलाको मनोरञ्जन लिईरहेका थिए ।
किराँत राईहरुको महान चाड उभौँली साकेला धुमधामका साथ शनिबार स्थानिय टुँडिखेलमा सम्पन्न भएको छ । बैशाख शूक्ल पूर्णिमादेखि १५ दिनसम्म भूमिपुजक राईहरुले आफ्ना पुर्खाहरुलाई सम्झँदै नाचेर, एकअर्कामा खुसी साटासाट गरेर उभौँली पर्व मनाउने गर्छन् ।
जिल्लाका विभिन्न स्थानहरुको किराँत विधिवत् रुपमा कुलथानहरुमा प्रकृतिलाई पुजेर यो पर्व मनाए । किँरात राई यायोख्या भोजपुरले बैशाख पूर्णिमा देखि विभिन्न १० स्थानहरुमा साकेला नाच राखेको थियो । शनिबार अन्तिम दिन दशमी साकेला भव्य रुपमा सम्पन्न गरिएको छ ।
आधुनिक उभौँली तथा उधौँली साकेला नाच किँरात राईहरुमात्र नभई गैर किँरात अन्य जाति विशेषका मानिसहरुको पनि रौनक थप्ने मनोरञ्जनात्मक विषय भएकाले रमाईलोका साथ यो साकेला नाच नाचिने गरेको साकेला नाच्न आउनुभएका दक्षिणी हतुवागढी गाउँपालिका– ५, होम्ताङ्गका जनक राईको भनाई छ । Ôउहिले यो साकेला हामी किँरातबन्धुहरुले मात्र नाच्ने, मनाउने गर्थे तर अहिले यो साकेला नाच सबैको लागि रमाईलो गर्ने थलो बनेको छ ,Õ राईले भन्नुभयो,Ôयसरी एउटा सम्प्रदायको सँस्कृति अर्को सम्प्रदायका मानिसले अनुसरण गर्दा एकअर्काविच धार्मिक सहिष्णुता, सद्भाव बढ्ने गर्छ,Õ
शनिबार विसर्जित उभौँलीपछि फेरि मंसिर महिनामा धान भित्राउने समयमा उधाँैली साकेला धुमधामले मनाईने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार