पुरानाबाट नयाँ कपडा

भोजपुर– भगेरीकी ५४ बर्षीया विष्णुमाया कोइरालाले कपडा पुन : चक्रण गर्ने उद्योग खुलेको छ भनेर छिमेकीबाट पहिलोपल्ट सुन्दा छक्क परिन् । पत्यार नलागेपछि शनिबारे हटिया जाने निहुँ पारेर कोदारस्थित सुर्य उद्योगमा सुटुक्कै छिरिन् । उद्योगमा पुरानाबाट नयाँ डसना, चकटी, सिरक बनाउदै गरेको प्रत्यक्ष देखेपछि उनले पत्याइन् । घरमा भएको काम नलाग्ने कपडा लिएर उनी पनि भोलीपल्ट आइपुगिन् । ११ किलो थोत्रे कपडाबाट दुईवटा नयाँ डसना बन्यो । पुराना, काम नलाग्ने कपडा घरभरी फोहोर हुने भएपछि फाल्ने, जलाउने गर्दै आएकी उनी त्यसैबाट नयाँ बनाउन पाएपछि खुसी देखिइन् । उनले उद्योगमा थोत्रे कपडा लिएर आइन् । दुईवटा पल्लाको ९ सय रुपैया, सिलाईको २ सय ५० र मेसिनबाट पेलेर रुवा बनाउन प्रतिकिलो २० रुपैया किलोका दरले ११ केजीको २ सय २० गरेर जम्मा १ हजा ३ सय ७० रुपैया तिर्दा उनले दुईवटा गतिला नयाा डसना पाइन् । ‘गर्दा नहुने केही रहेनछ, यस्तो थाहा पाएको भए सबै थोत्रे कपडा भेला पारेर राख्थे नि π घरमा भएजति लिएर आएकी थिए, पुराना कपडा काम पनि लागे, नयाँ डसना सस्तैमा बन्योे, ‘नयाँ किन्न परेको भए दुईहजार पच्चिस सय तिर्न पथ्र्याे,’ नयाँ डसना देखाउदै भनिन् ।
भोजपुर नगरपालिका ७ कोदारमा एकमहिनाअघि स्थापना भएको सुर्य उद्योगले पुराना, काम नलाग्ने लुगाकपडा पुनः चक्रण गरिदिन थालेपछि कोइराला जस्ता सर्वसाधारण खुसी छन् । पुराना, थोत्रे कपडा व्यवस्थापन गर्न हैरानी खेप्दै आएका उनीहरु उद्योगमा पुनः चक्रण हुन थालेपछि राहत मिलेको छ । उनीहरुलाई जथाभावी कपडा फ्याक्ने र फोहोर गर्ने बानी हट्दै गएको छ । भने पुराना काम नलाग्नेबाट नयाँ बनाउन सकेपछि फाइदा समेत भएको कोदारकी विमला तामा¨ले बताइन् । उद्योगले पुराना कपडा लिएर आउनेलाई किलोका हिसावले ज्याला लिएर नयाँ डसना, सिरक, चकटि, सिरानी बनाइदिने गर्छ ।
जस्ताले बारेर भर्खरै स्थापना भएको उद्योगबारे सदरमुकामकै अधिकांशलाई थाहा छैन । सञ्चार माध्यममा विज्ञापन पनि दिइएको छैन । तर सुनेजानेका ग्राहकहरु आफै खोज्दै आउने गरेको मजदुरले बताए । कपडा पुनः चक्रण गर्ने उक्त उद्योग पोखराका एक व्यवसायीको लगानीमा स्थापना भएको थियो । उनले स्थानीय झडपवहादुर खत्रिको ४ आना जग्गा लिजमा लिएर उद्योग स्थापना गरिदिएका थिए । यसले स्थानीयलाई नयाँ कपडा दिएको छ भने नुवाकोटबाट आएका मजदुर ५६ बर्षिय सिंहवहादुर तामा¨को परिवारलाई जिविकोपार्जन गर्न मदत पुगेको छ । तामा¨की पत्नि ५४ बर्षकी सविता तामा¨, एक छोरी, एक छोरा र एक नातिनी गरी ५ जनाको परिवारलाई दुईछाक टार्न मनग्य आम्दानी हुन्छ । संगै मासिक १० हजार तलब दिएर एक मजदुर राखेका छन् । नातिनीबाहेकका अन्य ४ जनाको विहान उठेदेखी राती नसुतुन्जेलसम्म थोत्रे कपडाबाट नयाँ बनाउदै दिन बित्छ । उनीहरुले एक दिनमा ६ देखी १२ वटा सम्म डसना, चकटी, सिरक तयार पार्छन् । ‘पुरानाबाट नयाँ बनाउन कपडालाई पहिले टुक्राटुक्रा बनाउनुपर्छ, त्यसपछि कपडा पेल्ने मेसिनमा राखेर रुवा बनाएपछि नयाँ तयार हुन्छ,’ काम केही झन्झटिलो र साह्रो भएपनि सेवाग्राहीको सेवा गर्न पाएकामा खुसी रहेको मजदुर सिंहवहादुर बताउँछन् । स्थापनाको गरेको दोस्रो हप्तासम्म ग्राहक कमै मात्र आउथे । हिजोआज सेवाग्राही दैनिक बाक्लिदै गएका उनले बताए ।
जिल्लामा यसअघि कपडा पुनः चक्रण गरिएको छैन । पुनः चक्रण हुन्छ भन्ने पनि पुस्तक र पत्रपत्रिकामा पढ्नेले मात्र थाहा पाएका छन् । राजधानी, सहर बजार र सुगम क्षेत्र पुगेका केहीलाई मात्र ज्ञान थियो । अहिले उक्त उद्योग सर्वसाधारणलाई उपयोगीसंगै दिनभरीको रमिता नै बनेको छ । दुर्गममा पनि प्रविधि र मानविय स्रोत भित्राउन सक्दा फाइदैफाइदा हुने रहेछ, स्थानीयले बताए । पुराना कपडा पुनःचक्रणले गर्दा फाल्तु पदार्थको उपयोग, आर्थिक लाभ र वातावरणीय सरसफाईमा सघाउ पुग्ने हुदा दुर्गम क्षेत्रमा उद्योग अत्यन्तै उपयोगी भएको भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक रहनसिं राईले बताए ।
भोजपुर सदरमुकामको कोदार स्थित सुर्य उद्योगमा पुराना कपडा पुनः चक्रण गरेर तयार पारिएका नयाँ सिरक, डसना । तस्बिर ः सिलिचङ
मेसिनमा पेलेर रुवा बनाउनका लागी पुराना कपडा टुक्राउदै सिंहवहादुर तामा¨की पत्नि ५४ बर्षकी सविता तामा¨ । तस्बिर ः सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार