अर्काको श्रीमतीसंग ओछ्यान तताउने प्रहरी राम धुलाई, ६ लाख रुपैया चट

 

भोजपुर । श्रीमान् नभएको मौकामा अर्काको श्रीमती संग ओछ्यान तताउने एक प्रहरी असईले कुटाई खानुपरेको छ । शुक्रवार भोजपुर सदरमुकामस्थित एक होटलकी सञ्चालिका संग राती सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत असई देवेन्द्र फुयाल भेटिएपछि महिलाको श्रीमान्ले रामधुलाई कुटेको हुन ।
होटलका सञ्चालिकाका श्रीमान्ले राती १२ बजे दुवै जनालाई घरैमा सुतिरहेको भेटेपछि कुटेका थिए । लगभग प्रहरी सेवाबाट अवकाश हुन लागेका ती प्रहरी असई होटलमा आउने जाने र सबैको राम्रो हाइहेलो रहेको थियो ।
आफनो पत्नी र प्रहरीको अनैतिक सम्बन्ध थाह पाएर हो या, संयोगले फर्कनुपर्ने अवस्था भएकाले दिङला जान्छु भनी हिडेका युवा पुन ः राती घरमा फर्कदा आफ्ना पत्नी र प्रहरी संगै सुतिरहेको देखेपछि दुवैजनालाई कुटपीट गरे । कुटपीटबाट पत्नीको नाक भाचिएको छ भने असई फुयालको टाउकोमा चोट लागेको छ । युवाले कुटपीटबाट घाइते भएका उनका पत्नी र असई फुयाललाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए । अर्काकी श्रीमतीसंग सुतेर कुटाई खाएका असईलाई तत्काल हिरासतमा राखिएको थियो ।
यसबिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्यसंग जानकारी लिदाँ उक्त घटनाबारे सामान्य हल्ला सुनेका तर त्यस्तो कुनै उजुरी नआएकोले त्यसलाई सोधखोज नगरिएको बताए । मानिसको जीवनसंग गाँसिएको हल्ला भएकाले सो बिषयमा त्यसै बोल्न उपयुक्त नहुने उनले बताए ।
उमेर र व्यवहारिक रुपमा बाजे भइसकेका असई फुयाल अर्काको श्रीमतीसंग सुतेपछि उनलाई हुनु नहुनु भयो । संगै सुत्ने महिलाको पतिबाट रामधुलाई कुटाई त खाए, नै हुनु सम्मको बेइजती र जागिरबाट नै झण्डै हात धुनुपरेको थियो । कुटपीट गर्ने युवाले प्रहरी कार्यालयमा उजुरी नदिएपछि उन्मुक्ति भने उनले पाए । उनले अर्काको पत्नीसंग सुतेर गल्ती गरेपछि ती युवालाई ६ लाख रकम पैसा जरिवाना नै तिर्नुप¥यो । प्रहरी असईले गल्ती नदोहो¥याउने सर्तमा सोमबार रकम दिएर मिलापत्र गरिएको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार