किरात राई यायोक्खा स्थापना दिवसमा सम्मान तथा पुरस्कार

भोजपुर – किरात राई यायोक्खाको ३० औ स्थापना दिवसको अवसरमा भोजपुर शाखाले विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । स्वर्गीय दिलमाया राई–स्वर्गिय भुपु सहायक मन्त्री कर्णबहादुर राई – स्वर्गीय मालती राईको स्मृतिमा स्थापना गरिएको विकर्मा फाउन्डेसनले आमचोक गाउँपालिका – २, युँ का बिष्णुकुमार राईलाई किरात समुदायको भाष, धर्म, संस्कृति संरक्षण तथा बाल कविता संग्रह समेत प्रकाशन गरेको भन्दै खादा, फेटा गुठाएर तथा सम्मानपत्र दिएर सम्मान गरेको छ । फाउन्डेसनकी सदस्य बिष्णुकुमारी राईले उक्त सम्मान हस्तान्तरण गरीन् ।
किरात राई समुदायका तीनजना जेहेन्दार छात्रछात्रालाई नरहरी – टिकाराम – जमुना स्मृति कोषको छात्रवृति प्रदान गरेको छ । सानोदुम्मा मावि, कक्षा ९ मा अध्ययनरत सुनिलकुमार राई, विद्योदय मावि, कक्षा ११ मा अध्ययनरत चन्द्रमा राई र सगरमाथा मावि घोडेटारमा कक्षा ११ मा नै अध्ययनरत यमुना राईलाई जनहि ७ हजार ५ सयका दरले प्रदान गरेको हो । यसैगरी रविन राई स्मृति कोषबाट यसबर्ष सञ्चालन भएको एसइई – कक्षा १० को परिक्षामा किरात राई समुदायका विद्यार्थी मध्ये जिल्ला प्रथम सन्जिव नाछिरीङ राईलाई ४ हजार नगद पुरस्कार वितरण ग¥यो । नारायण प्रसाद थुलुङ – देवीरत्न राई – अम्बिकादेवी राई कोषबाट दुईजना जेहेन्दार छात्रछात्रा पुरस्कृत भए । सरस्वती आधारभुत विद्यालयका दिवस राई र जनसेवा आधारभुत विद्यालयकी स्मारिका राई लाई जनहि १ हजार ८ सय ८ रुपैया ५० पैसाका दरले वितरण गरेको यायोक्खा सचिव एक्सन राईले जानकारी गराए । किरात राई समुदायका अािर्थक अवस्थाका कारण शैक्षिक पहुँचमा पुग्न नसकेका विद्यार्थीलाई पढाईलेखाईमा सहयोग पुग्ने उदेश्यले बषेर्नी कोष वितरण गर्दै आएको यायोक्खा अध्यक्ष सिर्जना राईले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार