स्ववियूको भाईरल ज्वरो सम्बन्धि अभिमुखिकरण

आईतबार स्ववियूले आयोजना गरेको भाईरल ज्वरो सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थी ।

  सिलिचुङ सम्वाददाता  73 पटक हेरिएको

भोजपुर– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) भोजपुर बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरको सह–आयोजनामा भाईरल ज्वरो सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लास्थित विद्योदय माध्यमिक विद्यालयबाट १० जना, यशोधरा माध्यमिक विद्यालयबाट १० जना, सगरमाथा बोर्डिङ स्कूलबाट १३ जना र भोजपुर बहुमुखी क्याम्पसबाट १० जना गरि जम्मा ४३ जना विद्यार्थीहरुको सहभागिता थियो । ‘भाईरल ज्वरोको प्रकोपबाट विद्यार्थी वर्गलाई सचेत गराउँदै समाजमा भाईरल ज्वरो सम्बन्धि सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम तय गरिएको हो ।’ भोजपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रकाशसिं राईले बताए ।
कार्यक्रममा डा. शिवजि रिजालले भाईरल ज्वरो कसरी लागदछ र यसबाट बच्ने उपायहरु केके हुन् भन्ने बारेमा प्रशिक्षण गराएका थिए । जिल्ला समन्वय समितिको सभाकक्षमा भएको अभिमुखिकरण कार्यक्रममा भाईरल ज्वरोको संक्रमणको विकराल स्थिती आउन नदिन विद्यार्थीको तर्फबाट रहने भुमिका बारे प्रस्ट्याउँदै प्रशिक्षक रिजालले प्रभाबकारी ढंगबाट प्रोजेक्टरमार्फत प्रशिक्षण दिएका थिए ।
अभिमुखिकरण कार्यक्रमले आफुलाई भाईरल ज्वरो सम्बन्धि धेरै कुरा सिकाएको कार्यक्रममा सहभागी विद्योदय माविका छात्रा कक्षा ११मा अध्ययनरत पवित्रा कार्कीले बताईन् । ‘विकराल महामारीको रुपमा फैलने यो भाईरल ज्वरोबाट रोग लाग्न अगावै कसरी बच्न र बचाउन सकिन्छ भन्ने आशय यो कार्यक्रमले सिकाएको छ ।’ उनले भनिन्, ‘यस्ता फलदायी र प्रभावकारी सिकाईमूलक अभिमुखिकरण कार्यक्रमहरु आउँदा दिनहरुमा विद्यार्थी मात्र नभई गाउँगाउँ, टोलटोल, कुनाकुना, बस्तीबस्तीमा हुनु जरुरी छ, जसले गर्दा सिंगो समाज मात्र नभई देश नै यो रोगको महामारीबाट बचाउन सकिन्छ ।’
कार्यक्रममा सभापति भोजपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रकाशसिं राई, प्रमुख अतिथि क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठ, अतिथि तथा प्रशिक्षक डा. शिवजि रिजाल लगायत विद्यार्थी, शिक्षकको विशेष उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार