सुन पसलमा चोरीे

  सिलिचुङ सम्वाददाता  102 पटक हेरिएको

भोजपुर – आईतबार राती स्थानिय एक सुन पसलमा १० तोला चाँदी सहित नगद रकम चोरी भएको छ । भोजपुर नगरपालिका ७, डाँडागाउँस्थित खडग बहादुर विश्वकर्माको ज्वेलरीमा गए राती चोरी भएको थियो । बेलुकी पसल बन्द गरेर घर फर्केका उनी विहान सबेरै पसल खोल्न आउँदा पसलको बाहिर ढोकाको ताला फोडेर खुल्लै रहेको र पसलभित्र पस्दा सेटमा राखिएका चाँदी र विभिन्न ब्रसलेट, औँठी लगायत अन्य चाँदीका सामाग्री सहित बाकसमा राखेको नगद पैसा पनि चोरी भएको थाहा भएपछि प्रहरीलाई बोलाएका थिए । तर सुन भने सुरक्षितका साथ घरैमा लगेर राख्ने गरकोले ठुलो क्षतिबाट बचेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार