क्यान्सरपीडित छोरा बचाउन बाबुको याचना

भोजपुर । संसारमा बावुआमाको सबैभन्दा ठुलो धन आफ्ना छोराछोरी हुन् । बावुआमाको मन जहिले पनि छोराछोरीको माया–ममतामा बाँधिएको हुन्छ । छोराछोरीको प्रगतिको लागि बावुआमा सदैव तत्पर रहन्छन् । ममताले बाँधेको यो साईनो साँच्चै नै प्रगाढ हुन्छ । छोराछोरीलाई सानो घाउ, दुःख, विमार, रोग, ब्याधि लाग्दा बावुआमाको मन अति हतासमा बहन्छ । यसरी नै बालबच्चा सन्चो नहुँदा मन भक्कानिएर यताउती छटपटिन्छ, बावुआमाको मन । झरि बादल, आँधीहुरीको परवाह नगरी सँधै समर्पित रहन्छन, बाबुआमा । बालबच्चाको लागि जस्तोसुकै कदम चाल्न पछि पर्दैनन्, ती बावुआमा । आफ्नो ज्यानैको माया नगरि सँधै आफ्नो मायाको आँचलमा राख्न चाहन्छन् तीनै बावुआमा । आफु काँडामा टेकेर पनि बालबच्चालाई सुरक्षित ओबानो छहारी दिने तीनै बावुआमा मध्ये एक उदाहरण हुन्, भोजपुर नगरपालिका १२, टक्सार कोटडाँडानिबासी ३६ बर्षिय गोपाल आचार्य खत्री र उनकी ३१ बर्षिय श्रीमती कल्पना आचार्य खत्री ।
गोपाल आचार्य, जो अहिले १० बर्षे जेठो छोरो बिबेकको जिबन रक्षाका लागि सहयोगका हातहरु फिजाईरहेका छन् । बिबेक आचार्य, जो ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोगको शिकार बन्न पुगेका छन् । घरमा न कुनै आउने बाटो छ न त धन–सम्पतिको नाममा केहि नै । सहयोगका लागि हारगुहार गरेर छोराको उपचार गराईरहेका बाबु गोपाल केवल सहयोगको भरमा छोराको उपचार गराईरहेका छन् ।
आजभन्दा साढे १४ बर्ष अघि गोपाल बैदेशिक रोजगारका लागि दुबई गए । राम्रो कमाई नभएपछि उनी ७ बर्ष पछि घर फर्के । घर फर्के पछि उनले कल्पनासंग विवाह गरे । विवाहपछि गोपाल र कल्पनाबाट जेठो सन्तानको रुपमा बिबेक जन्मिए । त्यसपश्चात पूनः विदेश जाने भए । उनी मलेसियाको २ बर्षमै घर फर्किए । त्यहाँ पनि उनले सोचेजस्तो गर्न सकेनन् । कमाएको अलिअलि पैसा पनि विदेश जाँदा खेरिको ऋण तिर्दै ठिक भयो । त्यसपछि फेरि दोश्रो सन्तानको रुपमा बिशाल जन्मिए ।
केहि समय घरमै बुढा आमाबाबु, श्रीमती, छोराहरु र दुईटी सानी बहिनीहरुको हेरचाह गरेर बिताए । त्यसपछि फेरि पनि उनी बैदेशिक रोजगार निम्ती बहराईन पुगे । त्यहाँबाट साढे ३ बर्ष बिताई घर फर्किए । गरिबीले च्यापेको उनको स्थिती घर चलाउनु पनि दिनभर कुटोकोदालो गर्नैपथ्र्यो ।

कनिकुथो अर्काको ज्यादामजदुरीबाट जेनतेन गरेर छोराहरुको पढाई खर्च धान्दै आएका गोपाल यतिबेला सहयोगका लागि छटपटाईरहेका छन् । अढाई बर्षकी छोरी च्यापेर आमा कल्पनालाई पनि चैनको सास फेर्ने सम्म फुर्सद छैन । छोराको मायाले कल्पनालाई हस्पिटलमा छोराको विस्ताराबाट कहिल्यै अलग गराउँदैन । बिबेक कक्षा तीनमा पढ्दापढ्दै अचानक घुँडा सुनिन, दुःख्न थालेपछि विभिन्न धामीझाँक्री समेत लगाएका गोपालले अन्तत छोरालाई राम्रो हस्पिटलमा लगेर जाँच गर्दा ब्लड क्यान्सर भाको थाहा पाए । कान्छो छोरोको पनि पढाई छुटेको लगभग तीनचार महिना भयो ।
ब्लड क्यान्सर पिडित बिबेकलाई अहिले विपी मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर चितवनमा उपचारत छन् । डाक्टरले ३६ महिने ट्रिटमेन्ट गराउनुपर्ने सल्लाह दिएका छन् । बिबेकको यो उपचारसम्म ९ औँ ट्रिटमेन्ट चलिरहेको छ । कुनै पनि ईन्फेक्सनबाट बचाईराख्नुपर्ने समयावधिभर नियमित औषधि र चेकजाँच गर्नुपर्ने सल्लाह दिएका छन् । बिबेकको पछिल्लो स्वास्थ्य अवस्था सुरुको भन्दा सुधारात्मक भएतापनि गोपाललाई खर्च जुटाउन मुस्किल परेको छ । समयावधि हेलचेक्राई गर्न नहुने र यदि गरे उनको ट्रिटमेन्ट नाजुक हुन सक्ने डाक्टरले सुझाएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले उपचारमा अहिले गोपाललाई साँझविहान अरुको अगाडी सहयोगका हातहरु फैलाईरहेका छन् । बिबेकको सुरुको उपचारदेखि अहिलेसम्म ९ लाख बराबरको उपचार खर्च भईसकेको छ । सुरुमा गोपालले उपचार गराउँदा आफन्त, दाजुभाई, छरछिमेकबाट ऋणपान गरि पाँच लाख जति दुःखले जुटाएका थिए । बाँकी सबै विदेशमा बस्ने गरेका साथिभाई, गाउँछिमेकबाट उपचार सहयोगार्थ रकम जुटाएको गोपाल सुनाउँछन् । गोपाल भन्छन्, ‘घरमा सम्पतिको नाउँमा त्यहि अलिकति बारी छ । साँझविहान अरुकोमा ज्यालादारी गर्नुपछ । बाबु बिरामी भएपछि आफ्ना सम्झिने आफन्त, विदेशमा रहने साथिभाईले धेरै सहयोग गरेका छन् । म उनीहरुप्रति धेरै नै आभारी छु ।’
गोपालले छोराको उपचार्थ सहयोग माग्न तात्कालिन राष्ट्रपति, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीको ढोकासम्म घचघचाउन पुगेका थिए । उनीहरुबाट कुनै त्यस्तो आश्वासनसम्म पनि नपाएको गोपाल गुनासो पोख्छन् । ‘केही राहत पाईन्छ भनेर मन्त्रीको अगाडी विन्ती तर उहाँहरुलाई मलाई ध्यान दिने समय नै भएन । उल्टै मन्त्रालय कार्यालयका कर्मचारीले तपाईको काम हुँदैन भनेर पठाए ।’ गोपालले भने,‘राष्ट्रपति, अर्थमन्त्री, विभिन्न ब्यक्तित्व जन्माएको भोजपुरले परेको बेला आफ्नै जनाता पनि भुल्दा रै’छन् । उनीहरुबाट केहि सहयोग पाईन्छ भने तर अब आशै मरेर आयो ।’
त्यसपछि गोपाल निराश भएर त्यहाँबाट फर्के । उनको केहि सीप लागेन । सहयोगको हात बटाउँदै बिबेकको उपचारको लागि गोपाल साँझ बिहान नभनि सहयोगको सहयोग याचनाको भिख माग्दै हिँडिरहेका छन् । गोपालले सहयोगका लागि विभिन्न सामाजिक सञ्जालतिर पनि सहयोर्थ साईट खोलेका छन् । फेसबुकमा उनले ‘बिबेक बचाउ अभियान’ नामक फेसबुक खोलेका छन् । उनले यसमार्फत देशविदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हारगुहार गरेका छन् । गोपालले एउटा मानवताको हिसाबले उदार दिल भएकाहरुका लागि उपचार सहयोगार्थ भनेर बिबेकको नाममा भरतपुरस्थित ग्लोबल आईएमईका खाता नम्बर (१८०७०१०००८६४९) पनि सार्बजनिक गरेका छन् । कहिकसै उनलाई सहयोगी हात बढाउन चाहनेहरुलाई आफ्नो व्यक्तिगत सम्पर्क नम्बर (९८१०१९००५५) पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार