सिलिचुङ प्रकाशनकी कार्यकारी सम्पादक राई राष्ट्रिय शिक्षा लेखनवृतिबाट पुरस्कृत

  सिलिचुङ समाचारदाता  497 पटक हेरिएको

भोजपुर । यस प्रकाशनकी कार्यकारी सम्पादक तथा कान्तिपुर दैनिककी भोजपुर संवाददाता विद्या राई राष्ट्रिय शिक्षा लेखनवृति–२०७३ बाट पुरस्कृत भएकी छन् । भदौ २ गते राजधानी स्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उक्त पुरस्कार हस्तान्तरण गरे । उनले १३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र पाएकी थिइन् । उनी नेपाल पत्रकार महासंघ भोजपुर शाखाकी उपाध्यक्ष समेत हुन् ।
भोजपुर जिल्ला जस्तो दुर्गममा रहेर शैक्षिक विकासमा पत्रकारिताका माध्यमबाट टेवा पु¥याएको तथा थप योगदान पु¥याउन उर्जा मिलोस् भन्ने उदेश्यले पुरस्कार प्रदान गरेको महासंघका पुर्व अध्यक्ष महेन्द्र बिष्टले बताए । नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा पत्रकार महांसघले बर्षेनी वितरण गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कारबाट राईसंगै देशभरका अढाईदर्जन बढि पत्रकार पुरस्कृत भएका थिए ।
उनले पत्रकारितामा प्रवेश गरेको छोटो समयमा विविध पुरस्कार तथा सम्मानबाट सम्मानित हुदै आएकी छन् । यस अघि गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता – २०७३ अन्र्तगत नगद ४० हजार तथा सम्मानपत्रबाट सम्मानित भइन् । यसैगरी योगमाया खेलकुद समितिबाटपनि सम्मानित भैसकेकी छन् । पत्रकारितामा प्रवेश गरेको १८ महिनामा राष्ट्रिय तथा स्थानीय तहका विभिन्न सञ्चारमाध्यममा आवद्ध रहेर काम गरेको उनीसंग अनुभव छ । झापाको हिमशिखर टेलिभिजन, राजधानी स्थित न्युज ट्वान्टी फोर टेलिभिजन, नागरीक दैनिक हुदै एकबर्षयता कान्तिपुर दैनिकमा आबद्ध छिन् । पुरस्कार र सम्मानले काम गर्न उर्जा थपेको उनी बताउछिन्, ‘पुरस्कार र सम्मानले कामप्रति झनै जिम्मेवारी थपिरहेको छ,’ उनले भनिन् । साहसीली तथा उर्जाशिल उनी महिला पत्रकारमध्येकै हक्कि पत्रकार हुन् । विभिन्न बाधा व्यवधानका बाबजुत पनि उनले आफ्नो कलमलाई झनै शसक्त रुपमा चलाउदै आएकी छन् ।
उनी वि.सं. २०५३ साल फाल्गुन १ गते साविकको रानीबास गाविस तथा हालको हतुवागढी गाउपालिकामा बुवा लक्ष्मण राई र आमा सीता राईको कोखबाट सामान्य पृष्ठभुमीको परिवारमा जन्मिएकी थिइन् । उनका बुवा घोडेटारबजारस्थित स्थानीय शिफा बहुउदेश्य सहकारी संस्था लिमिटेडका व्यवस्थापक हुन्, भने आमा गृहणि हुन् । २०७२ सालमा स्थानीय सगरमाथा माविबाट प्लस टु सकेरपछि सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढ्न आएकी राई अचानक पत्रकारितामा छिेरेकी बताउछिन् । ‘गाउँमा पढ्दा बुवाले शिक्षक बनाउन चाहानुहुन्थ्यो, एसएलसि (हाल एसइइ भनिन्छ) पास गरेपछि शिक्षा संकाय पढिदिए हुन्थ्यो भन्ने चाहानुहुन्थ्यो, मैले व्यवस्थापन पढे, मलाई सानैदेखि बैकर बन्ने चाहाना थियो, अहिले पत्रकारितामा छिरे, आफैलाई अचम्म लाग्छ,’ उनले भनिन् । उनी पत्रकारितामा आबद्ध रहेपनि व्यवस्थापन संकाय अन्र्तगत स्नातक तेस्रो बर्षमा अध्ययनरत छिन् । उनले प्लस टु समेत व्यवस्थापन संकायमै अध्ययन गरेकी थिइन् ।
उनी विद्यालयस्तरमा पढ्दैदेखि लेखनमा रुचि राख्थिन् । कविता, कथा लेख्ने गर्थिन । कक्षा ९ मा पढ्दा देखि समाचार लेख्न सिकेकी थिइन् । सगरमाथामा पढ्दा हाम्रो आवाज नामको भित्तेपत्रिका लेखनले समाचारलेखनमा छाप बसेको बताउछिन् । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष श्यामकृष्ण दाहालले त्यस विद्यालयका विद्यार्थीलाई सृजनात्मक बनाउनका लागि प्रदान गरेको तालिम र सुरु गरेको भित्तेपत्रिका लेखन राईका लागि मुख्य आधार भएको सुनाउछिन् । ‘हुन त म त्यसबेला सानै थिए, पत्रकारिता केहो बुझेकी थिइन, भित्तेपत्रिका लेखेर पत्रकार होइन्छ भन्ने त कल्पना समेत गरेको थिइन्,’ उनले भनिन् । ‘जब गाउबाट क्याम्पस पढ्न सदरमुकाम छिरे, सिनियर पत्रकारहरू किरण दाई, ज्ञानेन्द्र दाई, श्याम दाई, एक्सन बाजेको संगत गर्न पाए, अनि यहाँ सम्म आइपुगेको छु, उहाँहरुको लागि म सदैव ऋणी हुँ,’ उनले भनिन्, ‘मेरो आमाबुवा, भाइबहिनी, आफन्त, सहकर्मी र मिडियाहाउस पनि धन्यवादका पात्र हुन् ।’
विद्यालयमा पढाईबाहेक अतिरिक्त क्रियाकलापको व्यवस्था कमै मात्र हुन्छन् । त्यसबेला सगरमाथामा प्रकाशन हुने गरेको भित्तेपत्रिका ०७०÷०७१ सालमा लघुपत्रिकाका रुपमा समेत प्रकाशन भएको थियो । राईले सम्पादन गर्ने गर्थिन । आर्थिक तथा व्यवस्थापकिय व्यवस्थापनका लागि पुर्व प्रअ ईश्वरमान राई लगायत विद्यालय परिवारको ठुलो देन रहेको उनी सम्झन्छिन् ।
गाउँमा जन्मेहुर्केकी उनी घरकी जेठो सन्तान हुन् । बिहानबेलुकी घासदाउरा, मेलापात सकेर एक घण्टा धाएर विद्यालयमा पढ्न पुग्नु, पढाईसंगै अतिरिक्त क्रियाकलापमा सामेल हुनु उनका दैनिकि थिए । उनी विद्यालयमा पहिलो र दोस्रो पोजिसन पाइरहने विद्यार्थी थिइन् । सानैदेखि मेहनती र जुझारु स्वभावकी उनी पत्रकारितामा उर्जाशिल छवि बोकेकी व्यक्तित्व बनेकी छन् । पत्रकारिता भविश्यका लागि सुरक्षित पेशा भैसकेको छैन, अझ थुप्रै संघर्षहरु पार गर्न बाँकि रहेको बताउछिन् । जस्तासुकै परिस्थितीमा पनि नडग्मगाई कलम चलाउनु उनको स्वभाव हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार