टमाटरको मूल्य बढेपछि उपभोक्ता मारमा

भोजपुर सदरमुकाममा टमाटरको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । तीन हप्ताअघि मात्रै स्थानिय शनिबारे हटियामामा प्रतिकिलो ३० रुपैँयामा विक्रि हुने गरेको टमाटरको मूल्य अहिले प्रतिकिलो एक सय रुपैँया बढेको छ ।
किसानहरुले बिरुवा लगाउँदा एकै समयमा लगाउने र उत्पादन पनि त्यहि समयान्तरमा हुने हुँदा कम मूल्य बेच्नुपरेपनि अहिले सबैतिर लगाईएका टमाटर सिद्धिएको र यसको उत्पादन कम भएकोले पनि यसको मूल्य बढेको हो । उत्पादन घटेपछि आफुहरुले पनि बजारमा सो मूल्यमा बिक्रि गर्नुपरेको कृषक सर्मिला श्रेष्ठले सुनाउछिन् । ‘सिजनमा टमाटर हुन्छ, यतिखेर सिजन छैन, थोरै उत्पादन भएकोले पनि मूल्य बढाएर बेच्नुपरेको छ ।’ सर्मिलाले भनिन् ।
लगातार बर्षातको कारण सडक बिग्रिएपछि जिल्ला बाहिरबाट टमाटर ल्याउन ढुवानीको समस्या समस्या भएपछि पनि मूल्यमा बृद्धि भएको व्यापारी सचिन उदासले बताए । ‘झरिबादलले गर्दा भोजपुर–लेगुवा सडक सबै हिलाम्मे छ, बर्षातमा गाडीबाट ढुवानी गर्न नि धेरै समस्या छ, अर्डर गरेको सामान धरान देखि यहाँ आईपुग्न ९–१० दिन लाग्छ ।’ सचिनले भन्छन्, ‘बर्षातको मौसममा बाहिरबाट भनेको समयमा सामान ढुवानी गर्न पनि गाह्रो, सबै सामान सकुशल पनि आईपुग्दैन । त्यसमाथि टमाटर ल्याउँदाल्याउँदै गाडीमै किचिएर आदीभन्दा धेरै विग्रिन्छ, थोरै आउने र यहाँ पनि सिजन नभएर थोरै उत्पादन हुने भएकोले बजारमा टमाटरको मूल्य बढेको हो ।’
जिल्लाका टक्सार, पैँयापानी, दलगाउँ, सदरमुकाम वरपरका केहि स्थानहरुमा व्यावसायिक टमाटर खेती गरिदैँ आएपनि यतिखेर उत्पादन नभएकाले पनि बजारमा टमाटरको मूल्य बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार