गजल

  – अकेला यात्री  378 पटक हेरिएको

 

बाँचेका छन् हर मान्छे, घात खाएर ।
कहिले चुम्बन कहिले, लात खाएर ।।

जन्मेपछि चिहान पुग्नु, र्निविकल्प हो,
जसरी ढल्छ सुर्य सुनौलो, प्रभात खाएर ।

भोकै छु तराईको बाढी र बारपाक भन्छ,
अघाउनुपर्ने होईन दलैपिच्छेका, राहात खाएर ।

भन्थे बढापाका एक हिँउदले जिवन वित्दैन,
म किन टिक्न सकिन एक, बर्षात खाएर ।

सोच्छन होला देख्नेहरु उ हाँसेर बाँच्या’छ,
अकेला हाँसेको छ, सहन नसक्ने आघात खाएर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार