गजल

  – अकेला यात्री  57 पटक हेरिएको

 

आँखामा उदासी, मनमा सुनामी राखेर ।
निधारमा खोजिएछ, हत्केलामा जिन्दगी राखेर ।।

म आमाको तश्विर हेरेर, धेरै पटक निदाएको छु,
निदाउन सकिएन यार तिम्रा,े तश्विर सिरानी राखेर ।

बा–आमा बृद्धाश्रम, राखी छोराले गुन तिर्छ,
हिजो पडाएका हुन्, घरखेत बन्दकि राखेर ।।

जिन्दगी पनि आखिर, अर्धकट्टी चिठ्ठा न रहेछ,
आधिखोजी जोड्नु पर्ने, आफुसंग आधि राखेर ।।।

मुस्कुराएको तश्विर हेरेर, तिमी अड्कल गर्छौ होला,
अकेला हाँसेको हो नजर, अगाडी बर्बादी राखेर ।।।।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार