नेपाल शिक्षक महासंघको अध्यक्षमा राई

पदभार ग्रहण गर्दै नेपाल शिक्षक महासंघ भोजपुरका नवनिर्वाचित अध्यक्ष तिर्थकुमार राई ।

  सिलिचुङ सम्बाददाता  254 पटक हेरिएको

 

भोजपुर । नेपाल शिक्षक महासंघ भोजपुरको अध्यक्षमा तीर्थकुमार राई निर्वाचित भएका छन् । महासंघको जिल्ला अधिबेशनबाट राईको संयोजकत्वमा २१ सदस्यीय समिती सर्बसहमत चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष राईको नेतृत्वमा सह–अध्यक्षमा केशव ढकाल, उपाध्यक्षमा शम्भुराज बस्नेत, महिला उपाध्यक्षमा कृष्ण देवी राई, सचिवमा हरिप्रसाद गौतम, सह–सचिवमा राजकुमार राई, महिला सह–सचिवमा सुस्ता राई, अर्थ सह–सचिवमा हर्कबहादुर राई निर्वाचित भए । त्यस्ते सदस्यमा नुतन पराजुली, भवानी शंकर घिमिरे, लोकेन्द्र बानियाँ, पदम कुमारी प्रधान, तिलक पुलामी, जय कुमार राई, रमेश कुमार कटवाल, हेमबहादुर राई, सन्तोष खड्का, महा प्रसाद राई, नुरी शेर्पा, लोक बहादुर बस्नेत र मोहन कार्की चयन भएका छन् ।
त्य
स्तै महासंघले राष्ट्रिय महाधिबेशनका लागि पनि प्रतिनिधीहरु चयन गरेका छन् । जसमा कमल प्रसाद राई, शिव प्रसाद प्रधान, सिता रेग्मी, सावित्री राई, राजु बस्नेत र विरोध बस्नेत रहेका छन् । त्यस्तै समितीले प्रदेशका लागि ६ जना प्रतिनिधी तोकेको छ । जसमा पर्शुराम काफ्ले, विनिता राई, दिनेश सुवेदी, पेशल तिमिल्सना, मनिता राई र राधा खड्का रहेका छन् ।
आम नेपाली शिक्षाकर्मीहरुको छाता संगठन सामुहिक र आधिकारिक ट्रेड युनियन नेपाल शिक्षक महासंघ भोजपुरले ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने मुल नाराका साथ सम्पन्न पहिलो जिल्ला अधिबेशन केन्द्रिय तदर्थ समिति सह अध्यक्ष रत्न ओलीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । अधिबेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम, नेपाल अखिल नेपाल शिक्षक संगठन गरि पाँच शिक्षक संगठनहरु आबद्ध थिए । ती सबै संगठनका १ हजार छ सय तीन जना शिक्षकहरुको सहभागितामा अधिबेशन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार