‘गजल’

  – पर्शुराम ओझा  85 पटक हेरिएको

रौनक उल्लास जताततै, छायो दशैँले ।
गरिबको त जहिले टाउको, खायो दशैँले ।।

घरमै हुने त जेनतेन मनाउँछन दशैँ,
परदेशीलाई घरकै याद, दियो दशैँले ।

धनिमानी मोजमस्ती जसले गर्छन धेरै,
गरिबको तालु पिल्छाई, ल्यायो दशैँले ।

ऋण काढेरै दशैँ टाल्न बाध्य गरिबहरु,
ऋणकै चर्को ब्याज तिर्न, सतायो दशैँले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार