दिङ्ला र कोदारको सेमिफाईनल यात्रा

कोदारका खेलाडी (रातो जर्सी) बल अगाडी बढाउने क्रममा । तश्विर/ सिलिचुङ साप्ताहिक

  सिलिचुङ सम्बाददाता  638 पटक हेरिएको

भोजपुर । षडानन्द नगरपालिका दिङ्ला र कोदार फुटबल क्लब भोजपुरमा जारी जिल्लास्तरिय प्रथम मेयर कपको फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वार्टर फाईनलमा दिङ्लाले पानीटयाङ्की रातोलाई ३–१ गोलअन्तरले पराजित ग¥यो ।
दिङ्लाका हेम कुमारले १४ औँ र ४७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोश्रो हाफकै ५६ औँ मिनेटमै दिङलाका अभिषेक राई गोल थप्दै टोलीको अग्रता ३–० बनाए । त्यसपछि ६१ औँ मिनेटमा पानीट्याङकीका लागि अनिष बस्नेतले सान्त्वना गोल गरेपनि टोलीको जितका लागि पर्याप्त भएन । त्यसपछि दिङ्लाले ३–१ गोल अन्तरको जित निकाल्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।
त्यसैगरि दोश्रो क्वार्टर फाईनलमा सन्तोष तामाङको ह्याट्रिक गोलको मद्दतले कोदारले भोजपुर नगरपालिका ४, सिद्धेश्वरलाई ८–१ को गोलअन्तरले हराउँदै सेमिफाईनलमा पुगेको छ । कोदारका तामाङले १६, २२ र ५२ औँ मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो अन्तरले जिताए । कोदारका आङ्निमा शेर्पाको पहिलो हाफकै चौँथो मिनेटमा भएको गोलले कोदारले अग्रता ल्याएको थियो । फराकिलो अन्तरमा हराउने क्रममा टोलीका लागि विजय भुजेलले ९ औँ, सुजित श्रेष्ठले २० औँ, आङ्निमा शेर्पाले २५औँ र विवेक तामाङले ८९ औँ मिनेटमा गोल गरेका थिए । सिद्धेश्वरका लागि जिवन योगीले ७८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
शनिबार हुने पहिलो सेमिफाईनल खेल दिङ्ला र आम्तेक र दोश्रो सेमिफाईनलमा कोदार र ट्याम्के मैयुङ निलोविच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार