दिङ्ला र कोदार मेयर कपको फाईनलमा

गोल गर्ने प्रयासमा दिङ्लाका खेलाडी (रातो) । तश्विर / सिलिचुङ साप्ताहिक

  सिलिचुङ सम्बाददाता  85 पटक हेरिएको

भोजपुर । हेमकुमार राईको उत्कृष्ट ह्याट्रिक गोलपछि षडानन्द नगरपालिका दिङ्ला भोजपुर सदरमुकाममा जारी जिल्लास्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगताको उपाधिनजिक पुगेको छ । शनिबार स्थानिय टुँडिखेलमा भएको पहिलो सेमिफाईनलमा उसले भोजपुर नगरपालिका ११, आम्तेकलाई ५–१ को गोलअन्तरमा हराउँदै फाईनल यात्रा तय गरेको हो ।
उत्कृष्ट ह्याट्रिक गोल गरेका हेमकुमारले पहिलो हाफको तेश्रो मिनेटमै टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसपछि उनले खेलको दोश्रो हाफको ८४ औँ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक बनाउन सफल भए । दिङ्लाका लागि जितबल राईले खेलको ७९ औँ र ८८ औँ मिनेटमा थप गोल गर्दै टोलीको जितलाई सहज बनाए । आम्तेका लागि निगम तामाङले ८९ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
त्यस्तै शनिबारै भएको दोश्रो सेमिफाईनलमा आङ्निमा शेर्पाको दुई गोलको मद्दतले कोदारले ट्याम्के मैयुङ निलोलाई ३–० गोलले हराउँदै फाईनलमा दिङ्लासंगको भेट पक्का गरेको छ । खेलको १६ औँ मिनेटमा कोदारका आङ्निमा शेर्पाले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसपछि २४ औँ मिनेटमै कोदारका विजय भुजेलले थप गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोश्रो हाफको ५८ औँ मिनेटमा कोदारका आङनिमाले थप गोल गर्दै टोलीलाई ३–० गोलअन्तरले जिताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार