मेयर कपको उपाधी कोदार फुटबल क्लवलाई

भोजपुरमा जारी प्रथम मेयर कपकोे उपाधि साङपाङ फुटबल क्लवलाई हराउदै कोदार फुटबल क्लवले जितेको छ । भोजपुर सदरमुकामस्थित टुंडिखेलमा आज दिउँसो भएको खेलमा  साङपाङ फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै कोदार फुटबल क्लवले यसपटकको उपाधि माथि कव्जा गरेको हो ।

भोजपुरमा जारी प्रथम मेयर कपकोे उपाधि साङपाङ फुटबल क्लवलाई हराउदै कोदार फुटबल क्लवले जितेको छ । भोजपुर सदरमुकामस्थित टुंडिखेलमा आज दिउँसो भएको खेलमा  साङपाङ फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै कोदार फुटबल क्लवले यसपटकको उपाधि माथि कव्जा गरेको हो । सेमीफाइनलमा टेम्के मैयूम फुटवल क्लवलाई पराजित गर्दै फाइनलमा पुगेको कोदार फुटबल क्लवले साङपाङ फुटबल क्लवलाई खेलको शुरु देखि नै दवावमा राखेर प्रथम मेयर कपको उपाधिसहित नगद १ लाख रुपैयाँ हात पारेको हो । उपविजेता साङपाङ फुटबल क्लवले नगद ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको पहिलो हाफको ९ मिनेट २३ सेकन्डमा कोदार फुटबल क्लवका सुजित श्रेष्ठले पहिलो गोल गरेका थिए । कोदार फुटबल क्लव र साङपाङ फुटबल क्लवबीच उपाधिका लागि जारी फाइनल खेलमा दुवै पक्षले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेका थिएनन् ।

खेलको पहिलो हाफमै कोदार  फुटबल क्लवका खेलाडीले प्रहार गरेका धेरै गोल किपरले बचाउ गरेका थिए । उपाधि जित्नका लागि कोदार फुटबल क्लवका विजय भुजेलले १९ मिनेट ३० सेकेन्डमा गोल गरेका थिए ।  खेलकोे ४३ औं मिनेटमा साङपाङ फुटबल क्लवका विकास राईले जवाफी गोल फर्काएका थिए । गोल गरेको १ मिनेट वित्दै साङपाङका विवेक राईले अर्को गोल गरेर खेल बराबरीमा पुग्दा खेल रोमाञ्चकारी बनेको थियो । साङपाङ फुटबल क्लवका विवेक राईले कर्णरमार्फत आएको बललाई सदुपयोग गर्दै गोल गरेको थियो । प्रतियोतिाको सेकेन्ड हाफमा दुवै टिम आक्रमक रुपमा प्रस्तुत भएका थिए । दुवै टिमका खेलाडीले निरन्तर आक्रमण बुनेपनि गोलका लागि गरिएका प्रयासहरु असफल भएका थिए । साङपाङ फुटवल कलवले तीनवटा कोदार फुटबल क्लवको क्रस बारमा लागेर बाहिरिएका थिए ।

निर्धारित ९० मिनेटको खेलको सेकेन्ड हाफको ६३ औं मिनेटमा पाएको बललाई कोदार फुटबल क्लवका सन्तोष तामाङ सदुपयोग गर्दै गोल गर्न पुगेका थियो । खेलको ७० औं मिनेटमा कोदार फुटबल क्लबका विजयले अर्को गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको अन्तिम समय ८९ औं मिनेटमा कोदार फुटबल क्लवका खेलाडीले आपनो डिबक्समा गरेको हेनलाई सदुपयोग गर्दै साङपाङ फुटबल क्लव खेललाई अग्रता दिलाए पनि ३ गोलमा सीमित हुदाँ कोदार फुटबल क्लवबाट पराजित हुनु परेको थियो ।

मेयर कपको  सर्वोत्कृष्ट खेलाडी कोदार फुटबल क्लवका विजय भुजेल घोषित भए । उनलाई ५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र दिइएको थियो । प्रतियोगिताको फाइनल खेलका म्यानअफ द म्याच कोदार फुटबल क्लवका सुजित श्रेष्ठ घोषित भए । मेयर कपको उत्कृष्ट गोल किपर साङपाङ फुटबल क्लवका प्रविण श्रेष्ठ भए । त्यसैगरी उत्कृष्ट रक्षक साङपाङका विकास राई उत्कृष्ट मिडफिल्डर साङपाङ कै दावा शेर्पा घोषित भए । त्यसैगरी प्रतियोगितका उत्कृष्ट स्ट्राईकर साङपाङ फुटबल क्लवका हेमकुमार राई घोषित भए । खेल यही असोज २२ गतेदेखि शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार