पुरुष भलिबलको उपाधि बैकुण्ठेलाई

  सिलिचुङ सम्बाददाता  81 पटक हेरिएको

 

भोजपुर । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्जाङमा जारी अन्तर गाविसस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७४ को उपाधि बैकुण्ठेले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा बैकुण्ठेले बोयालाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो ।
बेष्ट अफ फईभको सेटमा खेलाईएको फाईनल खेलमा बैकुण्ठेले बोयालाई पहिलो सेटमा २२ को विरुद्ध २५ स्कोर गर्दै अग्रता लिएको थियो । दोश्रो सेटमा बोयाले बैकुण्ठेलाई २२ कै विरुद्ध २५ स्कोर गर्र्दै खेल बराबरीमा ल्याएको थियो । त्यसको लगातार तेश्रो सेटमा २१ का विरुद्ध २५ र चौँथो सेटमा १८ को विरुद्ध २५को स्कोरमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको थियो ।
बिजेता बैकुण्ठेले उपाधिका साथै ६१ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको थियो । उपविजेता बोयाले भने ३५ हजार नगद, मेडल र प्रमाणपत्रमा चित्त बुझाइको छ । त्यस्तै प्रतियोगितामा तेश्रो हुने धोद्लेखानी टिमले १५ हजारसहित मेडल–प्रमाणपत्र र सान्त्वना हुने हेलौँछा भलिबल टिमले १० हजार नगदसहित, प्रमाणपत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका बोयाका प्रदीप श्रेष्ठ बेष्ट प्लेयर भए । युथ युनाईनेट स्पोर्टस् क्लब, मानेभञ्जाङको आयोजनामा असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म सम्पन्न प्रतियोगितामा जिल्लाभरका १२ वटा भलिबल टिमले सहभागिता जनाएका थिए ।

विजेता बैकुण्ठे टिमका खेलाडी ट्रफि, मेडल र प्रमाणपत्रका साथ सामुहिक तश्विर खिचाउँदै । तश्विर / सिलिचुङ साप्ताहिक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार