तिहारको शुभकामना

  सम्पादकीय  22 पटक हेरिएको

त्रयोदशीका दिनदेखि सुरु हुने तिहारको संघारमा छौ । बर्षमा एकपटक आउने चाड दशै सकिएको दुईहप्ता पछि आउछ । दशैलाई पहिलो मुख्य चाड भनिन्छ । तिहारलाई दोस्रो मुख्य चाड का रुपमा लिइन्छ । दशैजतिकै उत्साह र उमंग बोकेर आउछ तिहारले । दशैको भन्दापनि दोब्बर उत्साह ल्याउछ भन्दा फरक नपर्ला । फुलैफुलको चाड तिहार यसैपनि उमंगमय हुन्छ ।

दशै नमनाउने समुदायले पनि तिहार मनाउछन् । यसकारण तिहार महाउत्सव हो । धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व बोकेको यो चाड नेपाली समुदायमा गक्षअनुसार भव्य र सभ्य मनाइने चलन छ । बर्षभरी पिरव्यथालाई चटक्कै भुलेर पारिवारिक जमघटमा मनाइन्छ । अझ भनौ तिहारमा बिशेषगरेर चेली माइतिको सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रुपमा लिइन्छ । ९ डाँडा पारी पराई पुगेका चेलीहरु माइतिलाई सम्झन्छन् । सयपत्रि, मखमली, गोदावरी फुलका माला र सप्तरंगी टिका निधारमा लगाएर खुसी साट्छन् । मिठा मिठा मिष्ठान्न भोजन, सेलरोटी र उपहार चेलीले माइतीलाई दिन्छन् ।

झिलिभिली बत्तिको चाड तिहार । यतिबेला सदरमुकामदेखि गाउँबस्ती बत्ति नै बत्तिले झकिझकाउ भएका छन् । देउसी, भैलो विभिन्न सांगितीक,सास्कृतिक कार्यक्रमले सुसान बस्तीहरु गुञ्जयमान भएका छन् । घरहरु फुल र बत्तिले सजाइएका छन् । यो चाडमा पशुपंक्षीको पनि श्रदाभक्ति गरिन्छ । जसरी चेलीमाइतिबीच श्रद्धाभाव राखिन्छ । पहिलो दिन कागतिहार पर्छ । सञ्चार आदानप्रदानको संवाहकका रुपमा मानिे पंक्षि कागलाई मिष्ठान्न भोजन दिइन्छ । पुजा गरिन्छ । तिहारलाई यमराजसम्बन्धी मिथकसँग जोडेर हेरिन्छ । कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई पनि यमराजको दूत मानिन्छ । तेस्रो दिनलाई गाईतिहारे औंसी भनिन्छ । त्यस दिन गाई र लक्ष्मीको पूजा गरिन्छ । हिन्दु धर्मावलम्बीले गाईलाई माताका रूपमा लिन्छन् । धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानेर साँझ घरघरमा लक्ष्मीपूजा गर्ने चलन छ । चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । पाँचौं दिन भने भाइटीका पर्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाएर मनाइन्छ । यी पाँच दिनलाई यम पञ्चक भनिन्छ । यमपञ्चकको अन्तिम दिन अर्थात भाइटिकालाई बिशेष उत्साहका साथ मनाइन्छ ।

तिहारमा किनमेल बढि हुन्छ । खाद्यान्न, लत्ताकपडा, फुलमाला, मिठाइको बढि किनमेल हुन्छ । व्यसायीहरुले यहि मौकालाई छोपेर कालाबजारी गर्ने गर्छन् । उपभोक्तालाई यसको मर्का पर्छ । यातायात व्यवसायीले यहि मौका छोपेर अनयमित भाडा असुल्छन् । अधिक यात्रु चाप ओसारपसार गर्छन् । दुर्घटनाको जोखिम हुन्छ । यी र यस्ता विकृतिहरुमा सम्बन्धित नियमनकारी निकायहरुले ध्यान दिन जरुरी छ । पटका पड्काउने, जुवातास खेल्ने जस्ता विकृतिहरुमा निकाहरुको ध्यान पुग्नुपर्छ ।

देश संघिय संचनामा गएपछि चुनावैचुनावको बर्षमा मुख्य चाडहरुलाई पनि चुनावी रौनक छाएको छ । दशैताका स्थानीय तह निर्वाचनको रौनक थियो । तिहारलाई प्रतिनिधिस र प्रदेशसभाको चुनावी रौनक छ । आजको तिन दिन पछि अर्थात आइतबार उम्मेदवार मनोनयन हुदैछ । कसले उम्मेदवारी दर्ता गर्छन् । को को मनोनित हुन्छन् । नेतृत्वमा कस्ता मुहार आउछन् । सबैमा चासोको बिषय बनेको छ । यसपल्टको तिहारले राजनीतिक दल, नेता, नागरीक र सरोकारवाला सबैमा विकास र समृद्धि गराउने चेतनाको बिकास होस् । हाम्रा पाठकबर्ग, विज्ञानपनदाता, जिल्लाबासीहरु सबैमा तिहारको शुभकामना दिन चाहान्छौ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार