गोर्खा फाईनान्सको शाखा विस्तारले गाउँले हर्षित

  सिलिचुङ सम्बाददाता  334 पटक हेरिएको

 

भोजपुर । गोर्खा फाईनान्सको १८ औँ शाखाको रुपमा भोजपुरको पश्चिीमी टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्णमा विस्तार गरिएसंगै त्यहाँ रहेका गाउँलेबासी खुशी भएका छन् । सुर्खेतमा १६ औँ र धनकुटाको भेडेटारमा १७ औँ शाखापछि भोजपुरको अन्नपूर्णमा १८ औँ शाखाको रुपमा स्थापना गरिएको हो ।
फाईनान्सले ग्रामिण भेगमा छरिएर रहेका पुँजीलाई सुरक्षित र एकै ठाउँमा सञ्चय गरि आर्थिक कारोबार सञ्चालन गर्ने उद्देश्यले शाखा विस्तार गरिएको शाखाका अध्यक्ष महेन्द्रलाल राईले जानकारी दिए । शाखा विस्तारसंगै अब स्थानिय ग्रामिण भेगका सेवाग्राहीले घण्टौ धाएर पैसा झिक्न र पठाउनुपर्ने बाध्यता हटेर गएको छ । शाखाको विस्तारपछि टेम्के मैयुङ गाउँपालिका लगायत छिमेकी जिल्ला खोटाङका च्यानडाँडा, निर्मलीडाँडा, मात्तिम, रतन्छा स्थानदेखि आउने मानिसलाई समेत सहज हुने भएको छ ।
आफ्नै गाउँमा शाखा भएपछि बैङ्किङ कारोबार गर्न र भएको पैसालाई सुरक्षित साथ खातामा राख्न पाउने भएपछि गाउँलेबासी हर्षित भएको स्थानिय अन्नपूर्णबासी पूर्ण राई बताउँछन् । ‘गाउँमै फाईनान्स भएपछि भएको अलिअलि पैसा बचत गर्न सकिने, पैसा झिक्न पठाउन कोषैाँ दुर सदरमुकाम नै पुग्नु नपर्ने भएको छ । र पैसा खातामा बचत गरिने हुँदा हराउने, चोरी हुने डरबाट मुक्त हुने भएपछि गाउँका सबै मानिसहरु खुसी छन् ।’ राईले खुशी व्यक्त गरे ।
फाईनान्समा नारी बचत खातामा ८ प्रतिशत, ज्येष्ठ नागरिक बचत खातामा ८ प्रतिशत, बाल बचत खातामा ८ प्रतिशत, पेन्सन बचत खातामा ७.५ प्रतिशत र अन्य बचत गर्ने खातावालको बचत रकम अनुसार बार्षिक ब्याज प्रदान गर्ने शाखा प्रबन्धक रोशन राईले बताए । युकेमा रहेका भुपू ब्रिटिस आर्मीको प्रबद्र्धनमा ४ सय बर्षपछि नेपालमा यो शाखाको विस्तार गरिएको थियो । ग्रामिण भेगमा रहने मानिसहरु आफ्नो सम्पति, पूँजीलाई चोरी हुनबाट, बाकस, थैलो राख्ने झण्झटलाई समाधान गर्न र आर्थिक कारोबार, लेनदेनलाई सहज बनाउन मद्दत गर्ने राईले बताए ।
ग्रामिण भेगका मानिसहरुलाई अरुभन्दा फाईनान्सभन्दा उच्चतमभन्दा उच्चतम ब्याज सहित विश्वासिलो सेवा प्रवाह गर्ने उद्देश्य रहेको राईले बताए । फाईनान्सबाट सेवाग्राहीलाई आवश्यकता अनुसार र डिपोजिट अनुरुप विशेष ब्याजको छुटमा ऋण, कर्जा प्रवाह गरिने उनले जानकारी दिए ।
शाखा विस्तार भएसंगै शाखाले मोबाईल बैङ्किङ सेवा, आईएमई सेवा, रेमिट्यान्स, एटिएम लगायतका सेवाहरु प्रवाह गर्ने प्रबन्धक राईले जानकारी दिए । नेपाल राष्ट्र बैङ्कको सिमित लगानी भन्दा ७ करोड लगानी धेरै भएको यो शाखामा ८७ करोडको लगानी रहेको उक्त शाखामा अहिले ७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

भोजपुरको अन्नपूर्णमा गोर्खा फाईनान्सको १८ औँ शाखा विस्तार गरिएपछि सामुहिक तश्विर खिचाउँदै । तश्विर/  सिलिचुङ साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार