शान्ति र प्रेरणाका लागि ‘वाल पेन्टिङ’

  सिलिचुङ सम्बाददाता  73 पटक हेरिएको

भोजपुर । बोली, कथन, रचना, कथाको अक्षर, शब्दले भन्दा चित्रले आधाभन्दा धेरै कुरा बोलेको, वर्णन गरेको हुन्छ, जुन सबैलाई व्यतितै छ । चित्रमा सहजै सबै चरित्र चित्रण गरेको हुन्छ । आदिमकालका कथाकार, ईतिहासकार सर्जकहरुले पनि कुदिँएका, चित्रण गरिएका, पौराणिक चित्रबाट आफ्नो सृजनालाई शब्दबाट यथार्थ पोखे । जसले गर्दा हामी ईतिहासको कल्पना गर्न र पढ्न पाएका छौँ ।
धार्मिक आस्थाका प्रतिमूर्ति भित्तामा टाँसिएका देवीदेवताको चित्र हेरेरै हामी कुन देवीदेवता कस्ता र कस्ता भेषभुषा धारण गरेका थिए भनेर परिकल्पना गर्न सक्छौँ । सार्बजनिक स्थलमा टाँसिने देवीदेवतादेखि चलचित्र, विज्ञापनको चित्र, पोस्टर हेरेरै बास्तविकताको आधाभन्दा बढि नै कल्पना गरिसकेका हुन्छौ । चित्रमा एउटा त्यस्तो शक्ति बसेको हुन्छ, जुन प्रेरणादायी कथाब्यथा, भावना बोकेको हुन्छ, बोलेको हुन्छ । जसले मानिसलाई गहिरिएर भावनामा मनन गर्न, पाठ सिकाउने गर्छ । यस्तै भोजपुर सदरमुकामको बजार विचविचका भित्ताहरुमा आफ्नो चित्रकलालाई बास्तविकतामा उतारेर बालबालिका, सर्बसाधारणमा प्रेरणा थप्ने काम गरेका छन्, भोजपुर नगरपालिका ११, आम्तेकका २१ बर्षिय जगन राई ।

सानैदेखि ‘आर्टस’मा औधि रुचि राख्ने राई फुर्सद पाउनसाथ चित्र कोर्ने गरको उनी सुनाउँछन् । साथै सदरमुकामकै निजी सिद्धकाली बोर्डिङ स्कुलबाट एसएलसी सकेका उनी पढाईमा अब्बल विद्यार्थी पनि हुन् । २०७० सालमा यहाँबाट एसएलसी सकेर काठमाडौँमा विज्ञान विषय दुईवर्ष पढि भारतको कोलकत्तास्थित गर्भरमेन्ट कलेजमा अफ आर्ट एण्ड हेण्डिक्राफ्ट विषयमा स्नातकोत्तर गरिरहेका छन् । पढाई छुट्टिको समयमा घर आएका उनले आफु आएकोबेला भोजपुरमा केहि छाप छोडेर जाने उनले ईच्छा व्यक्त गरे । विगत २ हप्तादेखि सदरमुकामका विभिन्न चोक, गल्लीहरुका भित्तामा आफ्नो कलाकारितालाई निखारिरहेका छन् ।
उनले बनाएको भित्ते चित्र ‘वाल पेन्टिङ’ले स्कुले विद्यार्थीहरुको मनमा प्रेरणा र शान्ति थपोस् भन्ने मनसाय रहेको उनी बताउँछन् । ‘भोजपुरमा अहिलेसम्म यस्तो काम कसैले गरेका छैनन् । स्कुले विद्यार्थी भाईबहिनीहरु स्कुलबाट फर्कदा जाँदा यहि चित्र हेरेर केहि सिकोस् भन्ने मेरो चाहना छ ।’ उनले गर्विलो भावनामा भने ।
दैनिकजसो बजार भर्न आएका सर्बसाधरण मानिसहरु उनको चित्रमा झुम्मिने गर्छन्, एकोरिने गर्छन् । उनले बनाएका चित्रहरु प्राय गरि प्रेरणा झल्कने किसिमका छन् । चित्रमा उनले भगवान बुद्ध लगायत प्रेरणाका श्रोतहरु झल्काउने किसिमका चित्रहरु उतारेका छन् ।
विशेषगरि बालबालिकाहरुलाई प्रेरणाको श्रोत बनेको उनका चित्रमा भगवान गौतम बुद्धका सन्देशस्वरुप शान्ति र प्रेमलाई पखेटामार्फत बुद्धको चित्रमा पखेटा र प्रेमको प्रतिक पाना (हर्ट) भोजपुुर टुँडिखेलको प्रवेशद्धारको भित्तामा बनाएका छन् भने भोजपुर बजार महादेव थान नजिकैको भित्तामा कुनै महान व्यक्तिको चित्र कुँदेका छन् ।

भोजपुर सदरमुकामको विचबजार महादेवथानस्थित भित्तामा वाल पेन्टिङ गर्दै जगन राई । तश्विर/सिलिचुङ साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार