श्रम अधिकार तथा कर्तव्यका बारेमा कार्यशाला गोष्ठी

  सिलिचुङ संवाददाता  22 पटक हेरिएको


भोजपुर– उन्नती परियोजना अन्तर्गत आइएलओले श्रम अधिकार तथा कर्तव्यका बारेमा एकदिने जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । श्रम तथा श्रमिकका सन्दर्भमा आइएलओले पारित गरेका महान्धिहरु, श्रम सिद्धान्तहरु, श्रम अधिकार तथा कर्तव्यहरु भएको श्रम ऐन २०७४ का बारेमा कार्यशालामा छलफल गरिएको थियो । सर्वोच्च अदालतका बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले ऐनकानुन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठिमा जिल्ला स्तरका राजनीतिक दलका मजदुर संगठनहरु, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरीक समाज, पत्रकार लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार