भोजपुरमा यामाहाको सोरुम उद्घाटन

  सिलिचुङ सम्बाददाता  21 पटक हेरिएको

भोजपुर । भोजपुरमा बिहिबारदेखि पहिलोपटक यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटि सोरुम उद्घाटन भएको छ । भोजपुर नगरपालिका ७, डाँडागाउँस्थित च्याङ्बेनी चोकनजिकै तीनतले पक्की घरमा नगरपालिकाका मेयर कैलाश कुमार आले र गजुरमुखी ट्रेड एण्ड सर्भिसिङ धरानका प्रमुख गोपाल आचार्यले रिबन र दियोकलश जलाएर संयुक्त रुपमा सोरुमको उद्घाटन गर्नुभयो । धरान, खाँदबारी, हिले, कटारीसंगै भोजपुरमा पनि यसको शाखा विस्तार गरिएको हो । मोटरसाईकल मर्मत गर्न धरान, विराटनगर, काठमाडौँ लैजानुपर्ने समस्यालाई आफ्नै ठाउँ सेवा प्रवाह गर्ने मुख्य उद्देश्य रहेको सर्भिसिङ धरानका प्रमुख आचार्यले बताउनुभयो ।
यामाहाका कम्पनीले मोटरसाईकल विक्रिका साथै यामाहाका ग्राहकहरुलाई एक्सचेन्जिङ, सर्भिसिङ र फाईनान्सको सेवा प्रवाह गर्ने भोजपुरका लागि आधिकारिक विक्रेताको रुपमा रहेको निर्मला ट्रेडर्स एण्ड सप्लायसका सञ्चालक विमल रणपहेँलीले बताउनुभयो । सप्लायर्सले सोरुमको उद्घाटनको दुईदिनसम्म बाईक किन्न आउने ग्राहकलाई जम्मा यामाहा बाईकको खरिदमा रु. ७ हजार छुट गर्ने जनाएको छ । साथै सप्लायर्सले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु १ लाख र बम्पर अफरमा लक्की ड्रबाटै स्कोडा ¥यापिड कार जित्न सक्ने अफर पनि ल्याएको छ ।

सोरुमको उद्घाटन गर्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले र गजुरमुखी ट्रेड एण्ड सर्भिसिङ धरानका प्रमुख गोपाल आचार्य । तश्विर /सिलिचुङ साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार