भोजपुरमा बाम गठबन्धनलाई जिताउन चर्चित कलाकार कला राई

भोजपुर । आगामी मंसिर १० मा हुने प्रदेश र संघिय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको उम्मेदवारलाई जिताउन चर्चित गायिका कला राई लगायतका कलाकार टोली यतिबेला भोजपुर आएका छन ।

बाम गठबन्धनका उमेदवारलाई जिताएर देशमा स्थायी सरकार र समृिद्धतर्फ अगाडी बढाउनु पर्ने गीत संगीत मार्फत कलकारहरुले आव्हान गरी रहेका छन् । गायिका कला राईको टोलीमा चर्चित गायिका सरला राई दिपक बान्तवा, साजन राई, लगायतका टोली चुनावी आमसभामा हिडिरहेका छन् भने केही दिन मै हाँस्य कलाकार पार्वन राई (राई बुढो ) गायक कन्काइस्ट राई समेत भोजपुर आउने भएका छन् ।

माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सभासद् सुदन किराती बाम गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार बनेका छन् । यता प्रदेश तर्फ क्षेत्र नं २ मा पूर्व सञ्चारमन्त्री तथा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य शेरधन राई आगामी एक नं प्रदेशको मुख्यमन्त्रीका दावी सहित उम्मेदवार बनेका छन् । त्यसैगरी प्रदेश तर्फ क्षेत्र नं एकमा नेकपा एमालेका केन्द्रीय सदस्य गणतन्त्रका अभियान्त राजेन्द्र राई चुनावी

प्रतिष्प्रर्धामा रहेका छन् । बाम गठबन्धनका यी प्रभावशाली उम्मेदवारहरुसंग प्रतिष्प्रर्धाका लागि प्रदेश तर्फ क्षेत्र नं १ मा संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सचिव अजम्वर राई काङ्माङ, प्रतिनिधि सभामा कांग्रेसका उमेशजंग रायमाझी, प्रदेश सभा तर्फ क्षेत्र नं २ मा नेपाली कांग्रेसका गोविन्द बहादुर कार्की प्रतिष्प्रर्धामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार