संघीय समाजवादी फोरम नेपालका नेता एमालेमा प्रवेश

भोजपुर । संघीय समाजवादी फोरम नेपालका जिल्ला स्तरीय नेता बुधबार एमालेमा प्रवेश गरेका छन । बामगठबन्धनको टेम्के मैयुङपालिका–३ अन्नपुर्णमा भएको संयुक्त चुनावी सभामा संघीय समाजवादी फोरम नेपालका जिल्लास्तरीय हर्कराज राई एमालेमा प्रवेश गरेको हो ।
हर्कराज राईसंगै नेपाली कांग्रेसका दुईजना कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन । कांग्रेसबाट प्रवेश गर्नेहरुमा गाउँस्तरीय नेता इन्द्र थापा र खम्बासेर राई एमालेमा प्रवेश गरेका हुन ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश नं का उम्मेदवार राजेन्द्रकुमार राई र नेकपा एमालेका केन्द्रीय सदस्य हरीबहादुर राईले फुलमाला लगाएर एमालेमा प्रवेश गराएको हो । र्हकराज राई एमाले छोडेर संघीय समाजवादी फोरममा सक्रिय थिए भने कांग्रेसबाट प्रवेश गर्ने थापा र राई लामो समयदेखि कांग्रेसका सक्रिय कार्यकर्ता हुन ।
एमालेले लिएको नीति र राष्ट्रियताको एजेन्डाका कारण एमालेमा प्रवेश गरेको उनीहरुले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार