बाम गठबन्धनलाई जिताउन बुद्धिजीवि, कलाकार, लेखक र साहित्यकारहरु

  सिलिचुङ सम्बाददाता  634 पटक हेरिएको

भोजपुर । पहिलो चरणमा हुने निर्वाचनका प्रचारप्रसारले चुनावी माहौल यत्तिबेला तातिएको छ । अहिले भोजपुर कम्युनिष्टमय बनेको छ । हुनत कम्युनिष्टहरुको लाल किल्लाको रुपमा रहेको भोजपुर विगत निर्वाचनमा कम्युनिष्टहरु वीचमै प्रतिष्प्रर्धा हुने गरेको थियो । पछिल्लो समय यी दुई कम्युनिष्ट घटकहरुविच भएको धु्रवीकरणले मतदाताहरुमा उत्साह छाएको छ । प्रदेशका लागि २ र प्रतिनिधि सभाका लागि १ स्थान रहेको भोजपुरमा बाम गठबन्धनसंग प्रतिष्प्रर्धा गर्न नेपाली कांग्रेस, संघिय समाजबादी फोरम नेपाल र राप्रपाविच गठबन्धन बनेको छ ।
गठबन्धनपश्चात भोजपुरमा यस पटकको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा मूलतः बाम र लोकतान्त्रिक गठबन्धन यी दुईको चुनावी चहलपहल बढेको छ । चुनावी प्रचारबाजी, सभा, कार्यक्रममा कोहिभन्दा कोहि कम नदेखिएका यी गठबन्धनविच चुनावी गतिविधी पनि तीव्र रुपले अघि बढिरहँदा बाम गठबन्धन जिताउन राष्ट्रियस्तरका कलाकारहरुले चुनावी माहोल तताउन भोजपुर आएका छन् ।
गत मंसिर १ गते उत्तरी षडानन्द नगरपालिकाको बाम गठबन्धन चुनावी सभामा चर्चित गायिका कला राईले सबैलाई नचाउन बाध्य बनाए । चुनावी माहोल तताउने क्रममा उनले अर्का गायक दिपक राईसंग ‘पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई’ बोलको गितमा चुनावी सभा हेर्न आएका दर्शकहरुलाई उफ्रीउफ्री नचाउँदा लाईभ स्टेज कन्सर्ट जस्तै देखिन्थ्यो । देशभक्तिले समेटिएको र बाम गठबन्धन जिताऔँ अभियानमा लागेका कलाकारहरुको साथले चुनावी रौनक झनै थपिएको छ ।
त्यूतै मुर्चुङ्गा आधुनिक पप एल्वम निकालेर दशबर्ष अघि नेपाली सांगितिक आकाशमा उदाएका गायक श्याम सामसोङ राई पनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन गृह जिल्ला भोजपुर आएका छन् । बाम गठबन्धनको चुनावी अभियानमा उत्तरी दिङ्ला बजार हुँदै जोडीएका सामसोङ्गले साल्पाशिलिचो, टेम्के मैयुङ र भोजपुर नगरपालिकामा हुने चुनाव प्रचार प्रसार अभियानमा सहभागी हुने बताए ।

प्रदेशतर्फ बाम गठबन्धनले १ नम्बर क्षेत्रमा अखिलका दुई कार्यकाल केन्द्रीय अध्यक्ष बनिसकेका नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई चुनावी मैदानमा अघि सारेका छन् । यस्तै क्षेत्र नं २ मा पूर्व सञ्चारमन्ीत्र तथा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईलाई भावी प्रदेश नं १ को मुख्य मन्त्रीको रुपमा अघि सारेको छ भने प्रतिनिधि सभाका लागि पूर्वसभासद् एवं माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किरातीलाई अघि सारेको छ ।

लोकतान्त्रिक गठबन्धनले क्षेत्र नं १ मा संघिय समाजबादीका केन्दी्रय सचिव अजम्वर राई काङ्माङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका गोविन्दबहादुर कार्की र प्रतिनिधि सभामा उमेशजङ्ग रायमाझीलाई अघि सारेका छन् । यद्धवी दुई गठबन्धनविच चुनावी प्रतिष्पर्धा भनिएपनि भोजपुरको चुनावी माहौल बाम गठबन्धनको पक्षमा एकलौटी बनेको छ ।
भोजपुर जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा विद्यता हासिल गरेका र लामो समय सम्म आफ्नो गृह जिल्ला नफर्किएका व्यक्ति व्यक्तित्वहरु समेत निर्वाचनलाई उत्सवका रुपमा मनाउन अहिले बाम गठबन्धनको चुनावी अभियानमा सहभागी बनिरहेका छन् । पूर्व योजना आयोगका सदस्य डा.शिवकुमार राई सैन्यविद डा.इन्द्रजित राई, पुराना बामपन्थी नेता हिमालधन राई, पूर्व जिल्ला सभापति शशिभुषण किरात, समाजसेवी पासाङदोर्ची शेर्पा लगायतका टोली बाम गठबन्धनको चुनावी अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा दौडिरहेका छन् ।
‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ’ लगायतका दर्जनौ परिवर्तनका गीत लेखेर हरेक परिवर्तनका निम्ति उच्च योगदान पु¥याउँदै आएका गीतकार श्याम तमोट, कवि शशि लुमुम्वु, कवि बम बनियाँ, लगायतका लेखकहरु समेत यतिबेला भोजपुरको गाउँ बस्तिमो बामपन्थीहरुलाई जिताएर देशमा स्थायित्व शान्ति समृद्धीका लागि जनतालाई आह्वान गरीरहेका छन् ।

चर्चित गायक श्याम साम्सोङ, गायिका कला राई, सरला राई, दिपक बान्तवा, साझाना राई लगायत दर्जनौ कलाकारहरु समेत बामगठबन्ध नै पक्षमा माहौल बनाउनका लागि जिल्ला दौडाहामा छन । स्थायी सरकार समाजका हरेक पक्षहरुको विकास हुन नसकेको र अव कम्युनिष्टहरुको बहुमत आए मात्र कला सस्कृतिको विकास हुने भएकाले परिवर्तनका लागि कला क्षेत्रका महत्वपुर्ण भुमिका रहने हुँदा शेरधन, सुदन र राजेन्द्र राईलाई जिताउनु पर्ने कलकारहरुको भनाई रहेको छ ।
जिल्लामा दुई गठबन्धनविच चुनावी प्रतिष्प्रर्धा हुने भनिएपनि जिल्ला सदरमुकाम लगायत गाउँ गाउँ सम्म बाम गठबन्धनका उमेदवारहरुको मात्रै पोष्टर प्रर्चाहरु उल्लेख्य रुपमा रहेका छन् । एकलौटी रुपमा प्रचार प्रसारका सामाग्रीहरु रहेकाले पत्रकारहरुलाई समेत समाचार सम्प्रेशन गर्न असजिलो लाग्ने गरेको छ । टेलिभिजनमा काम गर्ने एक पत्रकारले भने टेलिभिजनका लागि फुटेजहरु चाहीएपनि बजारका भित्ताहरुमा बाम गठबन्धनका मात्रै प्रचार सामाग्री रहेका छन्, फुटेजका लागि समेत लोकतान्त्रिकको प्रर्चाहरु भेटिएका छैनन् ।
जिल्लाका विभिन्न क्षेत्रमा गठबन्धनको चुनावी आमसभाहरु सम्पन्न भै रहेका छन् । बाम गठबन्धनका चुनावीसभा तथा सामान्य टोल सभामा समेत जनलहर उर्लिएको छ ।
कुनै समय दुई कम्युनिष्टहरुवीच निर्वाचनमा प्रतिष्प्रर्धा हुँदा जनवर्गीय संगठनवीच रस्साकसी चल्ने गथ्र्यौ । यस निर्वाचनमा बाम गठबन्धन र यसपछि पार्टी एकीकरणको दिशामा अघि बढी रहेकाले निर्वाचन अघि नै भोजपुरमा दुई पार्टीका जनवर्गीय संगठनविच कार्यगत एकता भै सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार