बामगठबन्धनको घोषणापत्रमा पेशाकर्मीहरुको समर्थन

  सिलिचुङ संवाददाता  573 पटक हेरिएको

भोजपुर । बामगठबन्धन ल्याएको घोषणापत्रप्रति सहमत हुदै विभिन्न पेशाकर्मीहरुले बामगठबन्धनलाई समर्थन गरेका छन । पेशागत महासंघमा आवद्ध श्रमजीवि पेशाकर्मीहरुले बामगठबन्धनले देशलाई समृद्ध बनाउने योजना सहित घोषणा पत्र ल्याएका कारण समर्थन गरेको जनाएका छन ।
पेशागत महासंघका पुर्व अध्यक्ष शारदा राउतले बामगठबन्धनको घोषणापत्रमा प्राविधि शिक्षा मार्फत गुणस्तरीय शिक्षाको प्रत्याभुति गर्दै ५ बर्ष भित्रमा साक्षर मुलुक घोषणा गर्ने जस्ता अभियानको उद्घोष गरिएको कारण बामगठबन्धनलाई सहयोग र सर्मथन गरिएको बताए । यसले मुलुकको युवा बेरोजगारी अवस्था र शिक्षित बेरोजगारलाई विदेश पलायनको अवस्थालाई रोक्न महत्वपूर्ण भुमिका खेल्ने भन्दै पुर्व अध्यक्ष राउतले भनिन् –‘स्वदेशी स्तरमा रोजगार सिर्जना भई आर्थिक समृद्धिको खुल्ने छ ।ʼ
विभिन्न पेशाकर्मीहरुको छाता संगठनको रुपमा रहेको पेशागत महासंघले बामगठबन्धनको घोषणाप्रति पुर्ण रुपमा सहमती जनाएको भन्दै बाम गठबन्धनलाई पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ । देशमा व्याप्त भ्रष्टचार र सुशासनसहित अवस्थाको अन्त्य गर्दै श्रम र श्रमिकहरुलाई सम्मान हुने अवस्थाको सुनिश्चितता गठबन्धनको घोषणापत्रमा उल्लेख गरेकोले जीत सुनिश्चित समेत रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार