अस्थिर अजम्वर र अविचलित राजेन्द्रविच कसले बाजी मार्ला ?

  सिलिचुङ सम्बाददाता  109 पटक हेरिएको

राजेन्द्र राई(दाँया) र अजम्बर राई काङमाङ (बाँया)

 

भोजपुर । निर्वाचनको मिति नजिकिए संगै चुनावी नतिजाको विषयमा निक्कै बहस निकै गमाएको छ । प्रदेशका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको भोजपुुरमा प्रदेश तर्फ क्षेत्र नं १ को चुनावी नतिजाको विषयमा विभिन्न चर्चा र परिचर्चा निकै चुलिएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सचिव अजम्वर काङ्माङ र बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई विचको चुनावी प्रतिस्प्रर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट यी दुवै उम्मेदवारले राजनीतिमा शुरुवात गरेका थिए । कुनैबेला प्रखर बक्ताका रुपमा चिनिने अजम्वर राई काङमाङ अशोक राईले पार्टी फुटाएर तत्कालिन संघीय समाजबादी पार्टी गठन गरेसंगै काङमाङ्लाई उग्र जातिबादीको पगरी भिराईएको छ । अनेरास्ववियूको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएका राजेन्द्रकुमार राईले त्यसबेला गणतन्त्रको अभियान सडकबाट चलाएको भन्दै अविचलित गणतन्त्रका योद्धाका रुपमा उनलाई लिइएको छ ।
राजेन्द्र अजम्वरको चेला भएकाले चुनाव जित्ने निष्कर्षमा संघीय समाजवादी फोरमले निर्वाचन जित्ने गुरुमन्त्र राजेन्द्रलाई नदिएको आरोप लगाउने गरेका छन् । यता राजेन्द्रका शुव्वेच्छुकहरुले भने अजम्वर उग्र जातिबादी भएको आरोप लगाउने गरेकाछन् । यसका साथै अजम्वरलालाई दोश्रो संविधान सभाको निर्वाचनमा उनि पराजित भएपछि संघिय समाजबादी पार्टीमा समेत खुलेर नलागेको आरोप उन्कै पार्टी पंत्तिमा लाग्ने गरेको छ । पछिल्लो समय उपेन्द्र यादावको फोरमसंग संघिय समाजबादी पार्टीको एकीकरण भएपछि एमालेमा फर्कने तयारी समेत अजम्वरले थालेका थिए । यसपछि अजम्वरलाई पार्टीको केन्द्रिय सचिव पद दिएपछि संघिय फोरममा नै उनि टिकेका थिए ।
यसकारण कुनै बेला प्रखर बक्ताकारुपमा पार्टी पंक्तिभित्र राम्रा छवि बनाएका अजम्वरलाई अस्थिर राजनितिज्ञकोरुपमा लिने गरीएको छ । पार्टी भित्र उनलाई अरुबेला पार्टीको चिन्ता नलिने र निर्वाचनको बेला भने आफुले टिकट मिलाएर आउने गरेकाले आफुकेन्द्रित राजनिति गर्ने समेत काङ्माङमाथि आरोप लाग्ने गरेको छ ।
निर्वाचनमा तालमेल र निर्वाचन पछि पार्टी एकीकरणको लाइनमा रहेका माओबादी र एमालेका साझा उमेदवार राजेन्द्रले भने कम्युनिष्टहरुको मतले जित्ने सम्भावना रहेको यहाँका राजनितिक चिन्तकहरुको विश्लेषण रहेको छ । यता अजम्वरलाई कांग्रेशको समर्थन रहेपनि आन्तरीक कलहाका कारण बर्षो देखी हार्दै आएका कांग्रेशले यस पटक पनि जातिय नारामा रमाउने अजम्वरलाई भोट नदिन सक्ने अड्कलबाजी गरीने गरीएको छ । यस कारण समेत आगामी निर्वाचनमा क्षेत्र नं एकमा राजेन्द्रले बाजी मार्ने अड्कल भोजपुरे मतदाताहरुले गरेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार