बामगठबन्धनको विकल्प छैन

  दर्पण खम्बु  714 पटक हेरिएको

‘एक जुगमा एक दिन एक पटक आउँछ, ठुला ठुला उलट पुलट हेरफेर ल्याउँछʼ उल्लेखित गीत जस्तै संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन अन्र्तगत हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनले नयाँ युगको आरम्भ भएको छ । जसबाट देशको सुन्दर भविष्य कोरिने छ । यसकोे अर्थ हामी सबै नेपालीको सुन्दर भविष्य जोडिएको छ । निर्वाचनले देशलाई सही बाटोमा डो¥याउँछ । निर्वाचनपछि देश सामाजिक र आर्थिक समृद्धिको यात्रामा जानेछ ।
तीन तह अन्र्तगत स्थानिय तहको निर्वाचन सम्पन्न भएर स्थानीय सरकार गठन भईसकेको छ । प्रदेश र केन्द्र सरकार निमार्णका लागि मंसिर १० मा पहिलो चरण र दोस्रो चरण मंसिर २१ मा हुदैछ । परिवर्तनहरु पटक पटक भएको छ, तर त्यो संस्थागत भएन । यसपटकको निर्वाचन भने नयाँ युग आरम्भ र परिवर्तनलाई संस्थागत गर्नका लागि महत्वपुर्ण छ । देशलाई अग्रगमन समृद्धिको बाटो तर्फ बढन ढोका खुल्नेछ ।
निर्वाचनको क्रममा बाम र गणतान्त्रिक पक्षधरवीच चुनावी धु्रवीकरण छ । वामपन्थी शक्तिहरुवीचमा भएको तालमेल र त्यसपछि पार्टी एकीकरण विषय पेचिलो बनेको छ । यो कुराले अलमल र भ्रमसमेत सिर्जना गरेको छ । तर यसमा अलमलिनुपर्ने अवस्था छैन । अहिलेको आवश्यकता र परिवर्तनका लागि बामपान्थी शक्तिहरुको तालमेल र एककीकणको जरुरत छ । यसबाट नयाँ यात्रा तय हुने भएको छ । तालमेल र एकीकरणमा केही शंका उपशंका उबिजएको छ । तर शंकाले घातक पनि बनाउन सक्ने भएकोेले यथार्थ परिधीमा रहेर परिवर्तनको पक्षमा उभिनुपर्ने आवश्यकता छ । दुई बापन्थी शक्ति एमाले पहिलो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । निर्वाचन परिणामपछि बाह्य र आन्तरिक तबरबाट बामशक्तिहरुलाई कमजोर र उपयोग गर्ने खतराको मध्यनजर गर्दै तालमेल र एकीकरण निकै महत्वपूर्ण छ ।
स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमाले वीचको ५५ हजार मत फरक छ । एमालेले लिएको अडान र राष्ट्रियता एजेन्डाहरुको आधारमा भने यो मत कम हो । नेकपा माओवादी केन्द्रले ल्याएको मत सम्मानजनक छ । तर प्रदेश नं २ को स्थानिय तहको निर्वाचनपछि एमालेले नसोचेको नतिजा प्राप्त गरेको छ । प्रमुख, उपप्रमुख जितेको आधारमा पाँचौँ पार्टी बनेको पार्टी जनमतको आधारमा दोस्रो थियो । वडा अध्यक्ष देखि वडा सदस्य जितेको तथ्याङ्कको आधारमा दोस्रो पार्टी पाँचौँ हुनु राष्ट्रिय, अन्तराष्ट्रिय घेराबन्दी नै हो । घेराबन्दीको कारण एमाले पार्टीले नयाँ रणनीति अपनाएका छन । अन्य दलसंग स्थानिय तहमा निर्वाचन एमालेले एक्लै भिडेको थियो ।
भोजपुरमा तालमेल नहुदाँ पनि जीत सुनिश्चित थियो, तर जित्नका लागि अहिलेको जस्तो सहज हुनेथिएन । बामपन्थीहरुलाई हराएर इतिहास कायम गर्न खोज्ने कांग्रेसका लागि पहाड फोडनु जतिकै चुनौती भएको छ । लालकिल्ला भत्काउनु अहिलेको बामगठबन्धनले कांग्रेसका लागि झनै पर धकेलिदिएको छ । क्षेत्र नंम्बर २ मा माओवादीलाई दिएर क्षेत्र नं १ मा कांग्रेसले जित्न चाहन्थ्यो, तर बाम गठबन्धनले झनै असम्भव बनाईदियो ।
स्थानीय तह निर्वाचनमा एमाले पहिलो हुदाँ हुदै पनि कांग्रेस जवरजस्त रुपमा दोस्रो ठाउँमा आइपुग्दा माओवादी तेस्रो निर्णायक मोडमा उभियो । जीत हारको अङ्क अधिकांश स्थानमा सय भन्दा कम रहेको कारण माओवादी निर्णायक हो, भन्ने देखाएको छ । भोजपुरको चार वटा स्थानिय तहमा एमालेको बहुमत दुई वटा स्थानिय तहमा कांग्रेसको बहुमत र माओवादी ३ वटामा बहुमत छ । प्रमुख जितेको आधारमा माओवादी तेस्रो भएपनि जनमतको आधारमा दोस्रो भएको छ । यस कारण पनि भोजपुरमा वामपन्थीहरु बहुमतमा रहेको कुरा प्रष्ट छ ।
हिजो धेरै कम्युनिष्ट पार्टीमा आस्था राख्ने अरु कम्युनिष्ट पार्टी किन एक नभएको होला ? भन्ने जिज्ञासा धेरैबाट आउथ्यो । कम्युनिष्ट नामधारी पार्टी एक दर्जन जति अस्तित्वमा छ । ठुला कम्युनिष्ट पार्टीको तालमेल र एकीकरणले चुनाव पछि के होला ? शंका उपशंका जस्ता कुरा पनि उत्तिकै छ । जे जति प्रश्न भएपनि बामपन्थी शक्तिहरु मिल्नुपर्ने अवस्था छ ।
बामपन्थीहरुले पटक पटक जितेपनि विकास हुन सकेन भन्ने तर्क गरिन्छ । यसमा केही सत्य र भ्रमहरु लुकेको छ । बहुदलपछि निरन्तर रुपमा बामपन्थीले जित्यो, तर सरकार काग्रेसले चलायो । त्यसकारण निर्वाचित जनप्रतिनिधि र सरकारको वीचमा दुरी रह्यो । जसका कारणले विकासमा उल्लेख्य काम हुन सकेन । तर पछिल्लो दशकमा वामपन्थीहरुको अगुवाईमा मात्रै विकासको काम भएको छ । भोजपुरको दोभाने बाहेक सबै साविकका गाविसमा सडक सञ्जाल विस्तार र विकासका पुर्वाधार निरन्तर रुपमा भैरहेको छ । २०६२ सालमा भरियालाई २५ रुपैया केजि तिरेर भोजपुर ल्याइरहेका हामी १२ वर्षपछि ३ रुपैया ५० पैसाका दरले एल .पि ट्रकबाट समान ल्याइरहेका छौ । जिल्लाका सबै प्रमुख स्थानमा पक्कि पुल वनिरहेको छ । दिंला घोडेटार लगायतका ठाउँमा ल्यान्डलाइन टेलिफोन नै सञ्चालनमा रहेका छन् । जिल्लाका राजमार्ग वाहेकका अन्य सडकको स्तरोन्तीको काम पनि तिव्र रुपमा भइरहेको छ । विद्युतिकरणको विस्तार पनि भइरहेको छ ।
वामशक्तिहरु मिलेपछि कांग्रेसको सातो उडेको छ । औपचारिकता पुरा गर्ने हिसावमा मात्रै कार्यक्रम गरिरहेको छ । उनीहरु वीचको अन्तरविरोध पनि कायमै छ । कम्युनिष्ट पार्टीलाई अप्राकृतिक देखेका उनीहरु राप्रपा र संघीय समाजवादी फोरम लगायतका जातीय क्षेत्रीय पार्टीसंग अंगालो हालेर आफै अप्राकृतिक गठबन्धन गरेका छन । ‘फुटाउ र राज गरʼ भन्ने सिद्धान्त कांगे्रसको रणनीति अहिले फेल खाएको छ । यसपटकको निर्वाचनमा उम्मेदवार नभएको पार्टीको चुनाव चिन्ह नहुने प्रावधान छ । जसको कारण पनि सबैभन्दा गाह्रो कांग्रेसलाई परेको छ । पुराना कार्यकर्ता र आस्थावान व्यक्तिहरु पुल्ठोमा भन्दा, त सुर्य नै ठिक भन्ने निर्णयका आवाज आउन थालेको छ । एमाले–माओवादी वीच चुनाव चिन्ह फरक भएपनि सिद्धान्तले एकै ठाउँमा उभिन गाह्रो छैन । दुई बामवीचमा भएको अन्तरविरोध तलदेखि माथिसम्म हल भएको छ । एक आपसमा अन्तरविरोध भएका मानिसहरु अहिले सबैभन्दा वढि एक अर्कालाई जिताउन लागि परेका छन ।
वामपन्थी शक्ति अर्काे आधार भनेका उम्मेदवारको हो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको उम्मेदावरलाई तराजुमा राखेर तौलन मिलदैन । सबै खाले आन्दोलनको राप, तापमा अविचलित गणतन्त्रको अभियान चलाउने राजेन्द्रकुमार राई हुन । बहुदलीय व्यवस्था र जनआन्दोलनमा भुमिका खेल्ने शेरधन राई, जनयुद्धमा आफ्नो ज्यान हत्केलामा राखेर जेल र नेल भोगेका सुदन किरातीका अगाडी काठमण्डौमा वसेर निर्वाचनको दिन मात्र भोजपुर आउनेहरु वीच तुलना हुन सक्दैन । उनीहरु मंसिर १० पछि भोजपुर नफर्कने जाहाज चढेर काठमाडौं जादैछ ।
कांग्रेस कार्यकर्ताको भनाई अनुसार ‘भोजपुरको कांग्रेस सधै कांग्रेस नै भैरहेपनि निर्वाचनको दिन मत हाल्ने बेला कांग्रेस हुदैन ।ʼ अर्थात भोट हाल्दैन यस पटकको स्थानीय तहको निर्वाचनमा ट्याम्के –मैयुङ गाउँपालिका यसको सफल अभ्यास भएको उनको तर्क थियो । कांगे्रसभित्र क्षेत्र नंम्बर १ मा आफ्नै उम्मेदवार छैन भने २ मा हार स्वीकार गरिसकेका छन । अन्तिम अस्त्र भरपुर खर्च गर्दा पनि पार लाग्ने खालको छाँट नदेखिने भएपछि निराशा छाएको छ । जमानत जफत हुने अवस्था आएपछि धेरै कांग्रेसी अहिले सुनसरीतिर लागेका छन् । सधै आन्तरिक कारणले मात्र हारेको दावी गर्ने पुराना कांग्रेस त यतिबेला क्षेत्र नंम्बर १ अरुलाई बुझाएको मा एका अर्कामा धोका संज्ञा दिएका छन ।
यस पटक पनि हामी चुक्यौ भने वामपन्थीको सरकार नबन्न सक्छ । हामीलाई हाम्रो र हामी पछिको पुस्ताकोे अध्यारो भविष्य कोर्ने अधिकार हुने छैन् । त्यसैले पनि वामशक्तिलाई जिताएर केन्द्र र प्रदेशमा सरकार बनाउनु आवश्यक रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार