जनताको सारथी सुदन किराती

सुदन किराती, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन । उनी अहिले बामगठबन्धनको तर्फबाट भोजपुरको प्रतिनिधि सभाका लागि सशक्त उम्मेदवार । उनको यतिमा मात्रै परिचय सीमित छैन । सुदन किराती भोजपुरमा नचिन्ने कोही छैन । सुदन किरातीसंग जोडिएको इतिहास, सत्यता र तथ्यताहरु धेरै छन । उनीसंग जोडिएका इतिहासका सत्यता जो कोहीका लागि कथा बन्न सक्छ । कम उमेरमा राजनीतिमा होमिएका किरातीसंग संघर्षका अनेकन सत्य इतिहासहरु छन । त्यो कुनै बनाइएका जस्ता, कथिएका कथा र इतिहास जस्तो होइन । त्यो सुन्दा जो कोहीलाई राजनीतिकका नायक जस्तो लाग्छ । नयाँ पिँढी राजनीतिमा होमिने युवाहरुलाई हौसला प्रदान गर्नुका साथै सिकाई पनि बन्न सक्छ । उनले राजनीतिमा गरेको संघर्ष र लगनशीलताले विरोधीलाई समेत गलाउँछ । उनी सानै उमेरमा राजनीतिमा होमिएर गरेको संघर्ष र सफलता नै सबैका लागि उदाहरणीय हो । खासगरी उनी १० बर्षे परिवर्तनका सशस्त्र क्रान्ति र त्यो बेला गरेको संघर्ष र पहिलो संविधानसभामा निर्वाचित हुदाँ र दोस्रो संविधानसभामा पराजित हुदाँ विचलित नभई जनताको दुःख, सुःखका सारथी बने । उनी हार्दा र जित्दा पनि जनताका साथ संगै रहे, जसले जनताले आपना नेता माने । किराती चुनावमा हार्दा पनि जनताको सेवामा रहिरहे, जसले बास्तविक नेता हुनुको परिचय पनि दिए । धेरैलाई कथा जस्तो लाग्ने परिवर्तनका योद्धा सुदन किरातीका इतिहास, संघर्ष धेरैलाई लोभ्याउछ । उनलाई जनताको निरन्तर सारथीको रुपमा सबैले पाउने गर्छ ।
सशस्त्र क्रान्ति र शान्तिप्रक्रियापछि पहिलो शक्तिमा उदय भएको नेकपा माओवादी केन्द्र, दोस्रो संविधानसभापछि पार्टी तेस्रो शक्तिमा खुम्चिएर धेरै नेता कार्यकर्ता निराश भइरहेको बेला सुदन किराती विचलित नभई निरन्तर रुपमा पार्टीलाई बलियो बनाउन लागे । पार्टीका नेता कार्यकर्ताले धमाधम पार्टी छोडने र अन्य ठुला दलमा प्रवेश गरिरह्दाँ उनले आपनो संगठन बलियो बनाउन लागे । निरन्तर रुपमा जनताको घरदैलोमा रहे । जिल्लामा पार्टी संगठनको शक्तिमा क्रमश क्षयीकरण हुदै गएपछि लगावका साथ पार्टी संगठनको काममा मात्रै लागेन, उनी जनताको दुःख र सुःखमा पनि निरन्तर रहीरहे । पार्टीको संगठनहरु कमजोर भएको बेला उनले निरन्तर लागेर बलियो बनाउन लागे । भोजपुरले धेरै नेताहरु जन्माए । उच्च ओहोदा पनि पु¥याए । तर भोजपुरेको सेवा र सुख दुःखमा साथ दिने कोही भएन । जनताको दुःख र सुःखमा साथ दिने केवल सुदन किराती भए । सुदन किरातीले राजनीतिमा देखाएको लगनशीलता र इमान्दारिता सबै नयाँ आउने पिँढीहरुको लागि मात्रै उदाहरणीय छैन अन्य नेताहरु लागि पनि उत्तिकै सिकाई छ ।
सुदन किरातीको इतिहास सफलता सबैको सामु लोभ लाग्दो छ । उनले गरेका संघर्ष, दुःख, कष्टहरु पनि कम छैन । राजनीतिमा निरन्तर रुपमा गरेको संघर्ष र दुःख, कष्टहरुका कारण सुदन किरातीलाई यो स्थानसम्म आइपुग्न अभिप्रेरित गरायो । जसले असल राजनीतिज्ञको रुपमा स्थापित गराएको छ ।

विद्यार्थी कार्यकर्तादेखि सभासदसम्म
२०४५ सालदेखि एमाले निकट अनेरास्ववियूबाट राजनीतिक यात्रा आरम्भ गरेका किराती अनेरास्ववियूमा लामो समय संगठित भएर परिवर्तनको पक्षमा लागिरहे । ०५८ सालमा तत्कालीन खुम्बुवान राष्ट्रिय मोर्चामा आवद्ध भएर खम्बुवान राष्ट्रिय मोर्चाको क्षेत्रिय डिभिजन सदस्य समेत रहे । खम्बुवान राष्ट्रिय मोर्चामा रहेर जातीय र वर्गीय समानताका लागि निरन्तर संघर्ष गरे । खम्बुवान राष्ट्रिय मोर्चा भोजपुर र संखुवासभाको समेत संयोजक बनेको किराती जेल जीवन समेत भोगे । विभिन्न स्थान गरी २३ महिना जेल जीवन भोगेका किरातीले अनेकौं दुःख कष्टहरु भोगेका छन । धेरै संघर्षहरु गरेका छन । राम्रो भाषण गर्ने र राजनीतिमा चातुर्य भएका किराती जनयुद्धताका उनले धनकुटाका जिल्ला सेक्रेटरीको समेत भुमिका निर्वाह गरेका थिए । ०६२÷०६३ को जनआन्दोलनपछि पहिलो संविधानसभामा उनी भोजपुरको क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ सभासद निर्वाचित भए । उनी २८ बर्षको उमेरमा सभासद बनेका थिए । उनी त्यो बेला सबै भन्दा कान्छा सभासद थिए ।

जनताको सारथी
०६४ सालमा प्रत्यक्षतर्फबाट भोजपुरको क्षेत्र नं २ बाट सभासद निर्वाचित हुदाँ सुदन किराती लक्का जवान थिए । आकर्षण र खाइलाग्दो अनुहार भएका किरातीको पर्सलनलिटीबाट जो कोही पनि प्रभावित हुन्थे । निर्वाचित भएपछि उनी जनतासंग प्रत्यक्ष साक्षत्कारमा रही रहे । राजनीतिक खिचातानीकारण पहिलो संविधानसभा संविधान निमार्ण नगरी अवसान भयो । पहिलो संविधानसभाको अवसानपछि दोस्रो संविधानसभा ०७० सालमा भए । दोस्रो संविधानसभामा उनी एमाले नेता शेरधन राईबाट पराजित भए । पराजित भएपनि पहिलो संविधानसभामा निर्वाचित भएका लक्का जवान सुदन किराती अविचलित रुपमा राजनीतिमा लागिरहे । पार्टीको आन्तरिक शक्तिमा समेत क्षयीकरण हुदै गए । पार्टीको शक्ति घटदै गएको बेला पार्टीको कार्यकर्ता संरक्षण र पार्टीलाई बलियो बनाउन लागे । पराजित भएर पनि उनले जनताको घरदैलोमा निरन्तरमा गए । जनताको दुःख र सुःखमा साथ दिए । मर्दा, पर्दा सवै कुरामा सुदन किराती साथ रहे, जसले जनताको मनमा रहीरहे । धेरै नेताहरु हर्दा र जित्दा पनि जिल्ला नवस्ने परिपार्टीलाई चिर्दै उनी जनतासंग निरन्तर सम्पर्कमा रहेर दुःख सुखमा संगै रहे । जसबाट उनलाई धेरैले जनताको नेताको रुपमा मान्छन ।

भोजपुरको मियो
भोजपुरको राजनीतिक मियोको भुमिका पछिल्लो समय सुदन किरातीले गरेका थिए । अन्य राजनीतिक दलहरुसंग निरन्तर रुपमा साक्षत्कार गरेर भोजपुरको भाग्य, भविष्य उज्यालो बनाउनका लागि सबैसंग सहकार्य गरेर अगाडी बढे । भोजपुरलाई विकास गर्न सामुहिक प्रतिवद्धताका लागि अग्रसर भएर सबै राजीतिक दलहरुलाई एउटा थलामा ल्याए । भोजपुरको विकास निमार्णलाई सामुहिक चासो र खवरदारी गर्न सामुहिक प्रयासको थालनी गरे ।

तार्किक र चातुर्य
सुदन किराती तार्किक भाषण र चातुर्य राजनीतिज्ञ हुन । कुनै कुरा राख्दा तर्कसंगत राख्ने र तार्किक भाषण गर्ने क्षमता भित्र पर्छन । उनी राजनीतिका चातुर्य खेलाडी पनि हुन । उनले राखेको कुराहरु पनि प्रायः काटन सक्दैनन । संगठन निमार्ण र पार्टीलाई बचाउनका लागि उनले गरेको चातुर्यका कारण माओवादी केन्द्र यही स्थानसम्म रहेको छ । भाषण र तर्कले कसैलाई चाडै प्रभावित गर्ने क्षमता राख्छन ।

संघीयताको पक्षपाती
सुदन किराती संघीयता, समावेशीता र धर्मनिरपेक्षताको पक्षपाती हुन । कलिलो उमेरमा देशलाई विकास गर्नका लागि संघीयता, समावेशी र धर्मनिरपेक्षताको आन्दोलनमा उनी होमिएका थिए । संघीयता, समावेशी र धर्मनिरपेक्षतालाई संस्थागत गर्नका लागि उनी खम्बुवान मोर्चाले चलाएको आन्दोलनमा सरिक भएका थिए । खम्बुवान राष्ट्रिय मोर्चा र तत्कालीन नेकपा माओवादीवीच पार्टी एकीकरण पछि पनि उनी संघीयता र समावेशीता र धर्मनिरपेक्षताको पक्षमा रही रहे । देश अहिले संघीयता, धर्मनिरपेक्षता र समावेशीतामा छ । उनी पहिचान पक्षधर पनि हुन । नेपाल सबै जातजातिको साझा देश भएकोले सबैको पहिचानलाई स्थापित र स्वीकार गर्नुपर्छ भन्ने मान्यताका साथ उनले पहिचानको मुद्दालाई उठाए ।

भोजपुरेको घरदैलामा सधै
धेरै नेताहरु काठमाडौंलाई मुलथलो बनाएर भोजपुरका नाममा राजनीति गर्छन । तर सुदन किराती यस्तो नेता भित्र पर्छन, भोजपुरलाई मुलथलो बनाएर राजनीति गरिरहन्छन । गाउँ घरमा हुने सानो वा ठुलो कार्यक्रमदेखि विवहा, ब्रतबन्ध, साह्रो गाह्रो परेको, मानिसको मृत्यु परेको स्थानमा दुःखहरुमा सान्तावना दिन किराती पुग्ने गर्छन । कसैलाई अन्याय परेको बेला उनले जिल्लामा मात्रै होइन केन्द्रमा समेत कुरा राख्ने व्यक्ति भित्र पर्छन । भोजपुरको समग्र विकासको अभियानमा मात्रै होइन आगलागी, बाढीपहिरो लगायत दर्दनाक हत्यामा संलग्नको पहिचान नभएको अवस्थामा गृहमन्त्रालयमा दवाव दिने काम र सक्रियता उनका लागि प्रशंसनीय छन । उनी अहिले भोजपुरको समृद्धिको लागि भौतिक पुर्वाधार विकासहरुमा ध्यान दिदै सडक, विद्युत, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य एजेण्डा बनाएका छन । उनले अरुण तेस्रोमा संखुवासभाको जनताले पाएको लाभ जति भोजपुरलाई दिलाउने अभियानमा लागेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार