स्वच्छ, शान्तिपूर्ण, भयरहित निर्वाचन सम्पन्न गर्न विज्ञप्ती जारी

  सिलिचुङ सम्बाददाता  27 पटक हेरिएको

भोजपुर । आसन्न मंसिर १० र २१ गतेको पहिलो र दोश्रो चरणमा सम्पन्न हुने निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत र संरचनात्मक आधार सुदृढ गर्ने अविस्मरणिय व्यापक परिवेश अंगिकार गर्दै सम्पूर्ण मतदाताहरु, निर्वाचनमा संलग्नसबै पक्ष, सरोकारवाला निकायहरुको सुरक्षामा राज्यले आफ्नो दायित्वबोध गर्नुपर्ने मागसहितको समसामायिक विषयलाई समेटेर नागरिक समाज भोजपुरले विज्ञप्ती जारी गरेको छ ।
शुक्रबार समाजले निकालेको विज्ञप्तीमा शान्तिपूर्ण, स्वच्छ, स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन सम्पन्न हुनुपर्ने सवालमा सबैको ध्यान जानु अपिरिहार्य भन्दै विज्ञप्ती प्रकाशित गरेको हो । निर्वाचन क्षेत्र र मतदान केन्द्रहरुमा हुल उज्जत गर्ने, कब्जा गर्न प्रयत्न गर्ने र सामान्य मतदाताहरुलाई मतदानबाट बञ्चित गराउने जस्ता अवाञ्चित र अस्विकार्य क्रियाकलापको सम्भावना प्रति विशेष सचेत रही सम्बन्धित पक्षबाट शान्ति सुरक्षाको भरपर्दो र विश्वसनीय अवस्था कायम गर्न गराउन भोजपुर जिल्ला लगायत मुलुकभरि विशेष सजगताका लागि खबरदारी गरिएको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारी बताए ।
समाजले कुनै पनि निरङ्कुशता, एकाधिकारवादी प्रवृति, अहमतावादी सोचबाट मुक्त रही लोकतान्त्रिक मूल्य मान्यता अनुरुप सबल राजनितिक संस्कृतिको आधार निर्माण गर्ने महान अवसरमा राष्ट्रले सफलता , प्राप्त गरोस्, नागरिक समाज, भोजपुरको अग्रिम कामना विज्ञप्तीमार्फत अभिव्यक्ति गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार