भोजपुरको दुई मतदानस्थलमा बम विस्फोट, एक महिला बेहोस

  सिलिचुङ सम्बाददाता  280 पटक हेरिएको

 

भोजपुर । पहिलो चरणको प्रदेश र प्रतिनिधी सभा निर्वाचन अन्र्तगत भोजपुरमा बिहीबार दुई मतदानस्थलमा बम विस्फोट भएको छ । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाको मतदान केन्द्र तिवारीभञ्जाङ र च्याङ्ग्रेमा बम विस्फोट भएको हो ।
मतदान भईरहेको स्थलमा दिउँसो अपरान्ह करिब सवा ११ बजेतिर तिवारीभञ्जाङको तिवारीभञ्जाङ माविको प्राङ्गण नजिकै र च्याङ्ग्रेको मतदानस्थल पञ्चकन्या माविको प्राङ्गण नजिकै बम विस्फोट भएको थियो । च्याङ्ग्रेको मतदानस्थल नजिकै भएको बम विस्फोटको आवाजबाट बेहोस भएका पौवादुङ्मा गाउँपालिका वडा नं ३, च्याङ्ग्रे औलियाकी ४२ बर्षिया मेनुका बोहोरालाई जिल्ला अस्पताल ल्याईएको छ ।
दिउँसो अपरान्ह साढे १२ बजेतिर मतदानका लागि लाईनबद्ध भएर बसेका बेला उक्त विस्फोट भएको थियो । विस्फोटको ठुलो आवाजले ती महिला अत्तालिएर भुँईमा लडेकी र वरपर रहेका अरु मतदाताहरु तितरवितर भएको प्रत्यक्षदर्शी स्थानिय ज्ञानेन्द्र राईले बताए । उक्त विस्फोटपछि त्यहाँको सुरक्षामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार