दुई नक्कली मतदाता पक्राउ

  सिलिचुङ संवाददाता  78 पटक हेरिएको

भोजपुर । आईतबार भएको पहिलो चरणको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका क्रममा भोजपुरबाट २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । चुनावमा अर्काको नाममा मतदान गर्न खोज्ने पश्चिीमी टेम्के मैयुङ गाउँपालिका २, छिनामखुबाट याम कुमार भुजेल र रामप्रसाद राई गाउँपालिका १, ओख्रेबाट शुक्रराज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
टेम्के मैयुङ गाउँपालिका २, छिनामखुस्थित त्रिभुवन धर्मोदय माध्यामिक बिद्यालय बाक्टुवा मतदान केन्द्रमा स्थानिय २१ वर्षिय याम कुमार भुजेलले बिदेशी आफ्नै दाजु सुदिप भुजेलको मतदाता परिचय पत्र बोकी मतदान गर्न प्रयास गरेका थिए । भुजेललाई प्रहरीको नियन्त्रणमा राखी मतदान समय सकिएपश्चात आफन्तको जिम्मा लगाई छोडिदिएको छ ।
त्यसैगरी भोजपुरकै दक्षिणी रामप्रसाद राई गाउँपालिका १, ओख्रेस्थित कालिका माध्यमिक विद्यालय ओख्रेको मतदान केन्द्रबाट सोही वडा निवासी श्याम कुमार तामाङको नाम अर्का २० बर्षिय शुक्रराज परियारले मतदान गर्ने प्रयत्न गर्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । उनलाई पनि मतदान समय सकिएपश्चात नै आफन्तको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार