आगालागीमा एक घर ध्वस्त

  सिलिचुङ संवाददाता  48 पटक हेरिएको

 

भोजपुर । टेम्के मैयुङ गाउँपालिका ७, कोटको आहालेस्थित एक घरमा आगालागी हुँदा पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोमबार घर नजिकै चुलोमा सल्कीरहेको आगोको सानो झिल्कोबाट सल्किएर कोट आहाले निबासी रण बहादुर राईको घर पूर्ण रुपमा ध्वस्त भएको थियो । दुईजना बुढाबुढी मात्र बस्दै गरेको उक्त घरमा आगो लागेपछि घरभित्र रहेका अन्नपात, लुगाकपडा र पैसा सबै जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार