मटपेटिका सदरमुकाम ल्याउदै गर्दा बम बिस्फोट

  सिलिचुङ संवाददाता  97 पटक हेरिएको

भोजपुर । उत्तरी साल्पासिलिछोको मतपेटिका सदरमुकाम ल्याउदै गर्दा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको छ । तर मानविय क्षति नपुगेको र थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।
एक सय ४८ मतदान केन्द्र रहेको भोजपुरमा हालसम्म एकसयभन्दा बढि मतदान केन्द्रबाट मेटपेटिका सदरमुकाम ल्याईसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाका केन्द्रहरु र दक्षिणी आमचोक गाउँपालिकाका केन्द्रहरुको मतपेटिका बेलुकीसम्म ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । त्यस्तै हतुवागढी गाउँपालिकाको मतपेटिका पनि अपारान्ह ४ बजेसम्म आइसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार