सबै मतपेटिका सुरक्षित सदरमुकाम पुग्यो

  सिलिचुङ सम्बाददाता  753 पटक हेरिएको

भोजपुर । सोमबार भोजपुरमा सबै मतदान केन्द्रका मतमेटिका सदरमुकाम आइपुगेको छ । सोमबार साँझ ६ बजेसम्म बाँकी रहेका उत्तरी साल्पासिलिछो गाउँपालिका अन्र्तगतका दोभाने, खाटम्मा, कुलुङ्ग, चौकीडाँडा लगायत क्षेत्रका १२ वटा मतदान केन्द्रबाट मतपेटिका आई पुगेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताए ।
उक्त क्षेत्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाममा ल्याउने भनिए पनि राजनीतिक दलका प्रतिनिधीहरुले अस्वीकार गरेपछि पैदल र गाडीबाट ल्याइएको सुरक्षा स्रोतले जनाएको छ । सोमबार नै मतपेटिका राख्ने विषयमा मुख्य निर्वाचन अधिकृत, राजनितिक दल, सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालयको संयुक्त छलफलपछि मतगणना नसकिएसम्म मतपेटिका सबै राजनीतिक दलका प्रतिनिधीको निगरानीमा सुरक्षा घेरामा राख्ने र सबै दलहरुले ताला समेत राख्ने निर्णय भएको मूख्य निर्वाचन अधिकृत ईङनामले बताए ।
आईतबार सम्पन्न निर्वाचनमा कूल ५८ दशमलब १३ प्रतिशत मत खसेको थियो । जुन स्थानीय तहको निर्वाचनभन्दा ८ प्रतिशतले कम हो । छिटफुटका घटनाबाहेक भोजपुरमा आईतबार शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार