स्थानीय तहमा दोस्रो चौमासिक सुरु भैसक्दा पहिलोकै परिषद् हुन नसकेपछि बिकास प्रभावित

  सिलिचुङ संवाददाता  84 पटक हेरिएको

भोजपुर– जिल्लाका नौ स्थानीय तहमध्ये चार वटाको गाउँ तथा नगरपरिषद् सम्पन्न नहुदा विकास बजेट खर्च हुन सकेको छैन । उत्तरी षडानन्द नगरपालिका, साल्पासिलिछो गाउापालिका, पुर्वी पौवादुङ्मा गाउापालिका र दक्षिणी रामप्रसाद राई गाउापालिकाको हालसम्म परिषद् नभएका हुन् । यसकारण पहिलो चौमासिकको अवधि सकिए पनि बिकास बजेटको एक रुपैया खर्च नहुदा गाउाको बिकास निर्माण प्रभावित बनेको छ । ‘गाउँमा सिंहदरबार’ को नारा सुन्दै आएका स्थानीयले गाउको विकास हुने आशामा बसेका थिए । ‘जनप्रतिनिधि आएपछि विकासको ओइरो लाग्छ, भन्ने लागेको थियो, परिषद् समेत गराउन सकेका छैन्, बाटोघाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका बिकास कै’ले होलान् खै ? यस्तै चाला हो भने पाँच बर्षसम्म गाउाको उन्नती होइन अधोगति लगाउने परे,’ रामप्रसाद राई गाउापालिका–४, दलगाउँका ७९ बर्षिय वृद्ध रइन्द्रबहादुर भुजेलको गुनासो छ ।

पहिलो चौमासिक कात्तिक मसान्तमा सकिएको छ । नगर तथा गाउा परिषद् नुहदा पुजीगत बजेट खर्च भएको छैन । सबै स्थानीय तहको कुल बजेटको एकतिहाई साउन अन्तिमसाता निकासा भएको थियो । मा भोजपुर नगरपालिकामा ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा १२ करोड ८९ लाख ९४ हजार, अरुण गाउापालिकामा १० करोड १३ लाख ४० हजार, आमचोक गाउापालिकामा ८ करोड ७८ लाख ६७ हजार, टेम्केमैयुङ गाउापालिकामा करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गाउापालिकामा ७ करोड २२ लाख ११ हजार, रामप्रसाद राई गाउापालिकामा ८ करोड ७३ लाख १३ हजार, हतुवागढि गाउापालिकामा ८ करोड ८८ लाख ३३ हजार र उत्तरी साल्पासिलिछो गाउापालिकामा ७ करोड ४३ लाख १३ हजार निकासा भएको थियो । दोस्रो चौमासिक निकासा हुने मंसिर महिनासम्म आउदा पहिलो निकासा कै परिषद् भएका छैनन् ।

षडानन्दको असोज ६ मा नगरपरिषद् सक्ने निर्णय भएपनि मेयर बीरबल राई नगरपालिका बाहिरै रहेकाले सम्पुर्ण काममा परिषद् बाधक बनेको वडाध्यक्ष तथा कर्मचारीले बताएका छन् । मेयर राई भने कार्यकारी अधिकृतको सरुवा भएकाले रिक्त पदपुर्ति नहुदा समस्या भएको बताउछन् । नाम उल्लेख गराउन नचाहने शर्तमा एक कर्मचारीले बताएअनुसार मेयरले नगरको बिकासभन्दा पनि राजनीतिक काम लिएर राजधानी बस्ने र बेखबर बन्ने गरेका थिए । जनप्रतिनिधिहरु तथा कर्मचारीले खबरदारी गरेपछि दशै अगावैदेखि राजधानीतिरै बसेका थिए ।

उनैका कारण नगरका काम ठप्पजसो भएको जनगुनासोको पेलन कार्यरत कार्यकारी अधिकृत जयनारायण खनालमाथि आउन थालेपछि मेयरसंग कामप्रति तदरुक्ता देखाउन पर्ने सुझाएका थिए । मेयरले नगरको काममा ध्यान नदिएको कुरा ‘बाहिर आउने र अप्ठेरो पर्ने’ भन्दै राजधानीमा नेतालाई ढुकेर खनालको अन्यत्रै सरुवा गराए । उनको असोज १९ मा सरुवा भएको थियो । खनालको सरुवा सफल पारेपछि मेयरले निर्माणबहादुर कार्कीलाई ल्याउन पहलकदमी चालेका थिए । कार्की नआउने भएपछि अन्य दुईलाई पनि ल्याउने पहलमा लागेका थिए तर हालसम्म ल्याउन सकेका छैनन् । मेयर राजधानीबाट फर्केको २० दिन भएको छ । कात्तिक महिना भित्रै समस्या हल गर्ने बताएका उनी अचेल प्रतिनिधि र प्रदेशसभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

साल्पासिलिछो, पौवादुङ्मा र रामप्रसाद राई गाउापालिकाको सन्दर्भमा पनि कर्मचारी र आन्तरीक प्राविधिक समस्या रहेको प्रमुख स्वयम्ले खुलाएका छन् । पौवादुङ्माका प्रमुख किरण राईले उपप्रमुख सम्झना राई लामो समय विरामी भएर तयारी गर्न नभ्याएको हुदा समयमा कामलाई गति दिन नसकेको बताउछन् । यसैगरी स्थानीय सरकार भएपनि केन्द्रबाट अधिकार र कर्तव्यबारे स्पष्ट नीति नपठाइएकोले के गर्ने ? कसो गर्ने ? भन्ने अन्योल पनि दोस्रो कारण बनेको छ । ‘ के काम गर्ने या नगर्ने अस्पष्ट भैरहेको छ, मापदण्ड छैन, कार्यविधि नियमावलीबारे माथिबाट ठोस आधार आएको छैन, यसकारण परिषद् चाहेर पनि रोकिएको छ,’ उनले भने ।

रामप्रसाद राई गाउापालिकाका प्रमुख विजय राईले परिषद् गर्न कर्मचारी सयंन्त्रमा आएको फेरबदलले समस्या निम्तीएको बताउछन् । ८ वटै वडाका वडा परिषद् यसअघि सम्पन्न भैसकेका भएपनि गाउापरिषद् नहुदा रोकिएका छन् । कर्मचारी व्यवस्थापन गर्दा तीनतिर जिम्मेवारी बोकेका लेखापाल प्रतिक भण्डारीको सरुवाले गर्दा रोकिएके बताए । ‘उनी जिल्ला समन्वय समिती, कोष तथा लेखा नियन्त्रण कार्यालय र हाम्रो गाउापालिकाका लेखापाल थिए, सरुवाको लाइनमा बसेका थिएछन्, कारण थाहै नपाइ सरुवा हिडे, अर्को कर्मचारी पठाएका छैनन्, परिषद् गर्न गाह्रो भएको छ,’ उनले भने । कार्यकारी अधिकृतका रुपमा रहेका विक्रम लिम्बुले मात्रै ठुलो ‘भोल्युम’को बजेट बाँडफाँडमा असम्भव छ । मंसिर महिना भित्रमा सम्पन्न गर्नेगरी व्यवस्थापनमा जुटेका बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार