भोजपुर टुडिखेलमा उधौली साकेला धुमधाम (फोटोफिचर)

  सिलिचुङ संवाददाता  341 पटक हेरिएको

 

भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुरमा उँधौली साकेला पर्व धुमधाम मनाइएको छ । किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाँच्दै, किराती जिवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै सदरमुकामको स्थानीय टुँडिखेलमा धुमधामका साकेला मनाएका हुन् ।

यस समुदायले आफ्नो संस्कारलाई जीवन्त राख्न उधौलीको दिन अन्नभकारीमा पूजा गरेर आफ्नो चूल्होमा कुखुरा काटेर बली दिने र ढोल झ्याम्टा तालमा चरा, दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गर्दै शिली गर्ने (नाच्ने) गर्छन् ।

उनीहरुले आफ्ना पित्रीको सम्झनामा भाकल गरेर साकेन्वा थान, घरको चुल्हो र अन्न भकारीमा पूजा गर्दछन् । धनधान्यकी देवी प्रकृतिलाई धन्यवाद दिँदै चुल्हो र अन्न भकारी वरिपरि साकेन्वा गाउने र नाच्ने चलन पनि रहदै आएको छ ।

साँस्कृतिक हिसाबले प्रत्येक बैशाख र मंसिर पुर्णिमाको अवसरमा १५ दिनदेखि १ महिनासम्म उधौली साकेन्वा मनाउने गरिन्छ । यो पर्व पुर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, खोटाङ, उदयपुर, सोलुखम्बु र ओखलढुङगाका किरात राईहरुले धुमधाम मनाउने गरेका छन । पछिल्लो समय गैरकिरातहरुले समेत साकेलामा नाच्दै रमाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार