भुजेली मन्दिरको शिलान्यास, सहयोगी हात बढाईदिन अपिल

  सिलिचुङ सम्बाददाता  563 पटक हेरिएको

 

रामप्रसाद राई गाउँपालिका ४, दलगाउँ भुजेलडाँडास्थित भुजेली मन्दिरको शिलान्यास समारोह । तश्विर/सिलिचुङ साप्ताहिक

भोजपुर । दक्षिणी रामप्रसाद राई गाउँपालिका वडा नं ४, दलगाउँस्थित भुजेलीडाँडामा भुजेली मन्दिरको शिलान्यास गरिएको छ । मंसिर १७ गते भुजेली पर्वको अवसरमा उक्त मन्दिरको शिलान्यास गरिएको हो ।
मन्दिर शिलान्यासमा गाउँपालिका उपप्रमुख समझना राई, वडाध्यक्ष फौदसिंह कार्की र भुजेल टोलका वृद्ध रैन्द्र बहादुर भुजेलले संयुक्त रूपमा गरेका थिए । साथै मन्दिर नजिकै भुजेल समुदायको थानी पुजा गरी प्रसाद ग्रहण समेत भएको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष नगेन्द्र भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितीका सचिव सविन भजेलले कार्यक्रम चलाएका थिए । कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूको नामावली लगायत सहयोग रकम विवरणका साथ मन्दिर निर्माण सहयोगार्थ रु २ लाख रुपैँया जम्मा भएको विवरण उल्लेख गरिएको थियो ।
मन्दिर भवन निर्माण सहयोगार्थ वडा कार्यालय दलगाउँबाट परिषदमार्फत छुट्टाईएको रु १ लाख, दलगाउँ लाकुरेका भुपाल सोराली मगरबाट रू.१५ हजार, काभ्रे जिल्ला पनौतीका हाल दुवई बस्ने सुमन श्रेष्ठबाट रू.१४ हजार ३५, दलगाउ माझखर्कका सीता राईबाट रू.१० हजार, काठमाडौँ घट्टेकुलोका विष्णुराज कुसमबाट रु १० हजार, धोद्लेखानी हाल दक्षिण कोरियामा बस्ने भिम थापा मगरबाट रु १० हजार, दलगाउँनिवासी अर्जुन भुजेलबाट १० हजार, ध्यान बहादुर भुजेलबाट रु १० हजार, एकराज भुजेलबाट रु १० हजार, ललितपुर ईमाडोलका विश्व खड्काबाट रु ५ हजार ५ सय ५५, उदयपुर हाल अमेरिका रहेका रेणुका दाहालबाट रु ५ हजार १ सय १९, दलगाउँकै राजन भुजेलबाट रू.५ हजार, पोखरा हाल कतार बस्ने विकास जिमार्फत रू.२५ सय, झापा दमकका किशोर दंगालबाट रू ५ हजार ५ र शिवकुमार राईबाट रू.१ हजार एक रुपैँया मन्दिर निर्माण सहयोगार्थ आर्थिक सहयोग गरेका छन् ।
मन्दिर निर्माण सहयोगार्थ रु ९ लाख बराबरको रकम आवश्यक परेकाले अन्य सहयोगी दाताहरूलाई सहयोग गर्न उक्त समाजका सल्लाहकार निमकुमार भजेलले कार्यक्रममा आव्हान गरेका थिए । गाउँपालिकाकी उपप्रमुख सम्झना राईको प्रमुख आथित्यमा सम्पन्न शिलान्यास कार्यक्रममा सोही वडाका वडाध्यक्ष फौदसिह कार्की लगायत अन्य व्यक्ति–व्यक्तित्वको विशेष उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार