भोजपुरको मतपरिणाम आउदै

भोजपुर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन । प्रदेशसभामा नेकपा एमालेले अग्रता कायम गरेको छ भने प्रतिनिधि सभामा झिनो मतान्तरले माओवादी केन्द्रका सुदन किराती भन्दा कांग्रेसका उमेशजंग रायमाझी अगाडी रहेको छ ।
प्रदेशसभा क्षेत्र नं १ मा एमालेका राजेन्द्रकुमार राईले ३ सय ७२ र संघीय समाजवादी फोरमका अजम्बर राई ३ सय ४९ मत प्राप्त गरेको छ । क्षेत्र नं २ मा एमालेका शेरधन राईले ४ सय ७६, कांग्रेसका गोविन्दबहादुर कार्की २ सय ७१ मत प्राप्त गरेको छ । प्रतिनिधि सभामा कांग्रेसका उमेशजंग रायमाझी ७ सय २८ माओवादी केन्द्रका सुदन किराती ७ सय मत प्राप्त गरेको छ । प्रदेश सभा अन्र्तगतको क्षेत्र नं २ बाहेक प्रदेश सभा क्षेत्र नं १ र प्रतिनिधि सभामा कडा प्रतिस्पर्धा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार