भोजपुरमा बाम गठबन्धनको अग्रता

भोजपुर । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ । पछिल्लो जानकारी अनुसार बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच भएको प्रतिस्पर्धामा बामगठबन्धले अग्रगता कायम गरेको छ ।
हिजो बेलेकी ५ बजेदेखि शुरु भएको मतगणनामा शुरुवाती अग्रगता नै बामगठबन्धनले गरेको थियो । प्रतिनिधिसभा अन्र्तगत भएको परिणाम अनुसार बामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किरातीले ४ हजार ४१ लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेशजंग रायमाझीले ३ हजार २१ मत प्राप्त गरेको छ । प्रदेश सभा क्षेत्र नं १ मा बामगठबन्धन एमालेका राजेन्द्रकुमार राई २ हजार १ सय ४०, लोकतान्त्रिक गठबन्धन संघीय समाजवादी फोरमका अजम्बर राई काङमाङले १ हजार २ सय ९८ मत प्राप्त गरेको छ । क्षेत्र नं २ बामगठबन्धन एमालेका शेरधन राई ६ हजार ३५, लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीको १ हजार ८ सय १८ मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार