भारी मतान्तरको अग्रतासंगै उम्मेदवार राई हेलिकप्टरमार्फत भोजपुर प्रस्थान

  सिलिचुङ सम्बाददाता  57 पटक हेरिएको

शुक्रबार हेलिकप्टर चार्टरमार्फत भोजपुर प्रस्थान गर्दै शेरधन राई । तश्विर/ सिलिचुङ साप्ताहिक

 

भोजपुर । प्रदेशसभा अन्र्तगत भोजपुर (ख)बाट बामगठबन्धनका शेरधन राई पछिल्लो मतपरिणाम अनुसार भारी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार लोकतान्त्रिक गठबन्धनका गोविन्द कार्कीले ल्याएको कुल ३ हजार ९ सय ५७ मतभन्दा ७ हजार ५ सय ६२ मत बढी ल्याएका राई शुक्रबार नै काठमाडौँबाट हेलिकप्टर चार्टरमार्फत भोजपुर आएका छन् ।
पछिल्लो मतपरिणाम चलिरहँदा राई मतान्तरको हिसाबले कार्कीभन्दा दुई गुणाभन्दा बढी मतान्तरले अगाडी देखिएका छन् । यसरी नै मतगणना चलिरहँदा प्रतिनिधीसभा अन्र्तगत बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुदन राईले ९ हजार ३ सय ५९ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेशजंग रायामाझिले कुल ५ हजार ६ सय ६७ मत ल्याएका छन् ।


यस्तै प्रदेशसभातर्फ भोजपुर (क)मा बामगठबन्धन नेकपा एमालेका राजेन्द्रकुमार राईको ५ हजार ६ सय ८३ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका ससफोबाट अजम्बर राई काङमाङले कुल ३ हजार १ सय ३९ मत ल्याएका छन् । यस्तै भोजपुर (ख) मा बामगठबन्धनबाट एमालेका शेरधन राईले कुल १० हजार ४ सय ९७ मत ल्याउँदा उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीले ३ हजार ४ सय ५२ मत ल्याएर पछ्याईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार