भोजपुर क्षेत्र नं (ख)मा बाम गठबन्धन तीन गुणा मतान्तरले अगाडी

  सिलिचुङ सम्बाददाता  80 पटक हेरिएको

 

भोजपुर । प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको मतपरिणाम गणना भईरहँदा प्रदेशसभातर्फ भोजपुर क्षेत्र नं (ख)मा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीनगुणा बढी मतान्तरले अगाडी रहेको छ । प्रदेशसभाको दुवै क्षेत्र र प्रतिनिधीसभा गरी तीन वटै सिटमा बाम गठबन्धन अग्रपन्तीमा देखिएपनि भोजपुर (ख) मा भने बाम गठबन्धन फराकिलो मतान्तरले अगाडी रहेको हो ।
शुक्रबार साँझ साढे ६ बजेसम्मको मतपरिणाम अनुसार क्षेत्र नं (ख)मा बामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका शेरधन राईले कुल १२ हजार ५ सय ८८ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार उठेका नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीले कुल ४ हजार ४ सय ५५ मत ल्याएर पछ्याईरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार राई कार्कीभन्दा ८ हजार १ सय ३३ मतले अघि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार