प्रदेशसभाको दुवै क्षेत्रमा वाम विजयी

  सिलिचुङ सम्बाददाता  61 पटक हेरिएको

प्रदेशसभाको नतिजा पश्चात निकालिएको ¥याली । तश्विर/सिलिचुङ साप्ताहिक

 

भोजपुर । बिहिबार साँझ ५ बजेदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुरको क्षेत्र नं (क) र (ख) दुवैमा बामगठबन्धन विजयी भएको छ । विजयी हुने वामगठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राई र अर्का नेकपा एमालेका युवा नेता राजेन्द्र कुमार राई भारी मतले विजयी भएका हुन् ।
भोजपुर (क) मा वामगठबन्धनका राजेद्र कुमार राईले कुल १९ हजार २ सय ९७ मत र भोजपुर (ख) मा वामगठबन्धनकै शेरधन राईले कुल २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन् । राजेन्द्रले आफ्ना निकटत्तम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका ससफोका केन्द्रिय सचिव अजम्बर राई काङमाङलाई ७ हजार ७ सय ५६ मतको फराकिलो मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् भने भोजपुर (ख) मा शेरधनले आफ्ना निकटत्तम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीलाई १३ हजार २ सय २९ मतको भारी अन्तर पराजित गर्दै विजयी भएका हुन् ।
भोजपुर (क) मा राजेन्द्रलाई पछ्याउने क्रममा अजम्बर राईले कुल ११ हजार ५ सय ४१ मत ल्याउँदा भोजपुर (ख)मा शेरधन पछाडी गोविन्द कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याएका थिए । भोजपुरको दुवै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा भईरहँदा नेकपा माले तेश्रो स्थानमा आएको छ । तेश्रो स्थानमा आउने नेकपा मालेका तर्फबाट भोजपुर (क)मा पर्शुराम राईले कुल ७ सय ४८ मत ल्याउँदा भोजपुर (ख)मा नेकपा मालेकै यादव कुमार पाण्डेले कुल सात सय ८९ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार