ट्रयाक्टर दुर्घटनामा ३ घाईते, एकको अवस्था गम्भिर

  सिलिचुङ सम्बाददाता  55 पटक हेरिएको

टेम्के मैयुङ गाउँपालिका वडा नं ८, गोगनेस्थित दुर्घटनाग्रस्त ट्रयाक्टर । तश्विर/सिलिचुङ साप्ताहिक

भोजपुर । पश्चिमी टेम्के मैयुङ गाउँपालिका ८, गोगनेस्थित आईतबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । को २ त ३०१८ नं. को ट्रयाक्टर सदरमुकामदेखी आउँदै गर्दा गोगनेस्थित सडकबाट करिब २० मिटर तल झरेको थियो ।
दुर्घटनामा परी सोहि ठाउँका स्थानिय गोगने निबासी नारद विसुन्के, ईन्द्र रम्तेल र बोलचन्द्र खतिवडा घाईते भएका हुन् । घाईते भएकामध्ये नारद विसुन्केको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाईते सबैलाई स्थानिय प्राथमिक स्वास्थ्य चौकी गोगनेमा उपचार गरिएको र विसुन्केलाई थप उपचारका लागि सदरमुकाम ल्याईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार