आशाका किरण

  सम्पादकीय  27 पटक हेरिएको

हालै भएको निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभामा जनप्रतिनिधि निर्वाचित भैसकेका छन् । मतदाताको अमुल्य मत पाएर निर्वानित प्रतिनिधिले आगामी पाँच बर्षलाई विकास निर्माणमा खर्चनुपर्ने बेला भएको छ । जनताहरु जारी संविधानको कार्यान्वयनका लागि बर्षैादेखि कुरीरहेका छन् । सायदै यहि आशा र अपक्षाले उनीहरुले भारी मत दिएर प्रतिनिधि चुनाएका छन् । यसको श्रेय मतदाताहरुमा जान्छ ।
२००७ सालका क्रान्ती योद्धा नारदमणि थुलुङको पालादेखि विकास निर्माण तथा आर्थिक समृद्धिका लागि भौतारिरहेको भोजपुरले अब भने निकास पाउनैपर्छ । निर्वाचित प्रतिनिधिहरुले मतदाताका मतलाई आफ्नो राजनीतिक जिवनलाई स्वार्थका रुपमा नसम्झिएर जिल्लाको विकासलाई मध्यनजर गर्नुपर्ने बेला आएको छ । किनकी २०१५ सालबाहेकयताका निर्वाचनमा बामपन्थिले एकछत्र राज गर्दै आएको भोजपुरमा यसपल्ट पनि बाामले शाख जोगाएको छ । आगामी पाँच बर्ष बामका लागि अवसर संगै ठुलो चुनौतीको घडि हो । यो घडिमा घुमिरहेको समय एउटा परिक्षा हो । बामजितले बामपन्थिहरु फुरुक्क पर्नुपर्ने अवस्था होइन । मतदाताले जुन अपेक्षा गरेर जिताएका छन् । यो सुनौलो अवसर हो । तर उनका अपेक्षाहरुलाई झारो टार्ने काम मात्रै भए भने पाँचबर्षपछि प्रतिपक्षिलाई बाटो खुल्नेछ । मतदाताहरुको मनोविज्ञान समयको चक्रसंगै परिवर्तन भैरहन्छ । उनीहरु जहिल्यै जारी संविधान कार्यान्वयन, स्थायी सरकार, विकास, शान्ती, सुव्यवस्था चाहिरहेका हुन्छन् ।
घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताहरु केवल चुनाव जित्नका लागि होइनन् । त्यसका आधारमा जनताले प्रतिनिधिको जिम्मेवारीपना, दक्षता तथा कार्यकुशलतालाई मिहिन ढंगले मुल्यांकन भैरहेको हुन्छ । यस्ता विषयमा एक कदम चुक्ने बित्तिकै अर्को पाँच बर्षदेखि मतदाताले विकल्प खोज्नेछन् । उनीहरु बाध्य भएर पनि विकल्पतर्फ लाग्नेछन् । यसको मतलब जनताका विकास निर्माणका बषौृदेखिका आशा पुरा हुनुपर्छ भन्ने नै हो । दैनिक हजारौ युवापुस्ता रोजगारको खोजीमा खाडी पुग्छन् । देशभित्र अवसर नपाएर । हामी भनिरहेका हुन्छौ नेपालमा नुनदेखि सुनसम्म छ । तर स्पष्ट नीति र कार्यान्वयनको अभाले गर्दा देशभित्र बजार्नुपर्ने पसिनाका पाखुरी विदेशिन्छन् । कृषिप्रधान देश भएरमात्रै के गर्नु ? ठुला उद्योग, कलकारखाना नभएपछि । यीनै कारणले विदेशिने युवापुस्तालाई देशभित्रै बस्ने वातावरण जनप्रतिनिधिहरुले बनाउनुपर्छ ।
भौगोलिक विकटताले गर्दा पुर्वाधार विकासको पहिलो आधार सडक भएको छ । ६ महिना चल्ने ६ महिना बन्द हुने सडकले विकासमा कति प्रभाव पारिरहेको होला जबकी गम्भिर प्रकृतिको विरामी हुदा यातायातकै कारणले अकालमा ज्यान गुमाउनुपर्ने हुन्छ । भोजपुरलाई पुर्वको कर्णाली कहिलेसम्म बनाउने ? यसतर्फ बेलैमा सोच्नुपर्ने र व्यवहारमा उतार्नै पर्ने मुद्धा भएको छ । जनताहरु पटक पटक आउने नेतृत्वका आश्वासनबाट टन्नै भएका छन् । यो अर्थमा चनाखो समेत भैसकेका छन् । बोलीको प्रभाव चुनाव जित्नु जस्तो सहज पक्कै हुनेछैन व्यवहारमा उतार्न । र नउतारे आजैदेखि दिनगन्ति समेत सुरु हुदैछ यसमा पनि प्रतिनिधिहरुले बिचार पु¥याउनपर्छ ।
प्रदेशसभा –२ बाट निर्वाचित शेरधन राई प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने जुन खालको चर्चा छ । आशाका लहरहरु देखिएका छन् । विगतमा पुर्व सञ्चारमन्त्री र दुई पटक सांसद भैसकेका र जनताले उनको नेतृत्वलाई नजिकबाट नियालेको पनि हो । चाहेजस्तो जुन योगदान पु¥याउन सकेनन् भन्ने जनतामा कहिकतै गुनासाहरु अझै छन् । मुख्यमन्त्री हुने चर्चाले गर्दा आगामी पाँच बर्षका लागि एकपटक पुनः अवसर दिएका छन् । उनले प्रतिबद्धता गरेका एजेण्डाहरु फेरी पनि झारा टार्ने काममात्रै भए भने उनको राजनीतिक छविमा नराम्ररी धब्बा लाग्नेछ । यो परिक्षा उनका लागि भविश्यको राजनीतिक कालखण्डसंग जोडिएको छ । प्रतिनिधिहरुले जितेकामा फुरुगं नभएर गहिरो जिम्मेवारीका साथ विकासमा कटिबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्नेछ ।
एमाले र माओवादी केन्द्रको पार्टी एकिकरणका कुरा चुनावअघि जसरी आएका थिए अहिले ओझेलमा परेको देखिन्छ । यदि निर्वाचनामा बाम जितको स्वार्थलाई मात्रै हेरेर त्यो अफवाह फैलाइएको भए नेपालको राजनीति पुनः पचासौबर्ष पछि धकेसनिेछ । यसको अर्थ अबको राजनीतिमा समाजवाद र साम्यवाद दुई धार मात्रै हुनुपर्छ । साम्यवादी÷ वामपन्थि शक्तिहरुले चाडै एकता गरेर देशको स्थायीत्वमा लाग्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार