षडानन्द नगरपालिका मेयरको गैरजिम्मेवारीपना

भोजपुर । समयमा परिषद नगर्ने, जनप्रतिनिधिहरुले गरेको काम र निर्णयलाई उल्टाउन खोज्ने जस्ता कुराहरुबाट पटक पटक विवादित षडानन्द नगरपालिकाका मेयर वीरवल राई पछिल्लो समय कार्यकारी अधिकृतका् आवास राती फोडेर कांग्रेस कार्यकता राख्ने जस्ता हर्कतले विवादमा छन ।
संविधान अनुसार स्थानीय तहलाई स्थानीय सरकारको रुपमा परिभाषित गरेपनि स्थानीय तहका जनप्रतिनिधिहरुको काम कर्तव्य र जिम्मेवारी कति हो ? भन्ने अझै टंगो लाग्न सकेको छैन । यस्तो अवस्थामा मेयर वीरवल राईले डकैत शैलीमा राती कार्यकारी अधिकृतको आवास तोडफोड गरेर कांग्रेस कार्यकर्ता राख्ने थलो बनाउनुले स्थानीय जनप्रतिनिधिहरुको कार्यक्षमता, दक्षता र शैलीमा नै प्रश्न उठेको छ । सम्पूर्ण नगरपालिकाको कागजपत्र लथालिङ्गै हुने आसयले कर्मचारीहरुले अरु होटलमा व्यवस्था गर्न सुझाव दिदाँ दिदै नगरपालिका भित्रको सम्पुर्ण क्षेत्राधिकार मेयरको हो, भन्ने अर्थयाउदै कार्यकारी अधिकृतको आवास तोडफोड गर्नुले जनप्रतिनिधिहरुको साख नै गिराउने काम भएको छ ।
संविधान र कानुनले जनप्रतिनिधिहरुलाई काम गर्ने अधिकार दिएको छ । तर गैरकानुनी काम गर्ने छुट दिएको छैन । नगरपालिकाभित्र मैले गर्ने काम मेरो अधिकार हो, भनेर जनप्रतिनिधिको नैतिकतामाथि नै प्रश्न उठने गरी गरिएको हर्कतहरुले जनप्रतिनिधिहरुको विश्वासमा प्रश्न उठेको छ । एक पछि अर्को विवादित कामहरु गरेर विवादमा आएको मेयर वीरवल राईले कर्मचारीको आवास तोडफोड गरेपछि पत्रकारहरुले सोध्नै नपाउँदा एक्सासी झर्किने र गैरजिम्मेवार तरिकाले कांग्रेस कार्यकर्तालाई फोन गर्न लगाएर पत्रकार धम्क्याउने जस्ता कुराहरुले गरेर गैरजिम्मेवारी पना देखाएको छ ।
निर्वाचन अगावै निर्वाचन प्रचारप्रसारमा खटिएका कांग्रेस कार्यकर्तालाई राख्नका लागि गरिएको रातको समयमा कार्यकारीको आवासलाई तोडफोडले मेयरको जिम्मेवारीपना र जवाफदेहीतामा समेत प्रश्न उठेको छ । यसले सिंगो जनप्रतिनिधिहरुको वेइजती मात्रै होइन । आफ्नो कार्यक्षेत्र कति हो ? भन्ने अझै नबुझेको प्रष्ट हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार