समग्र भोजपुरको विकास र समृद्धी पहिलो प्राथमिकता

  सिलिचुङ सम्बाददाता  38 पटक हेरिएको


मिडिया सेन्टरले गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदै वाम गठबन्धनका शेरधन राई, सुदन राई र राजेन्द्रकुमार राई । तश्विर / सिलिचुङ साप्ताहिक

 

भोजपुर । प्रदेशसभा दुईवटा र प्रतिनिधीसभा एकवटा गरी तीनवटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा तीनवटै क्षेत्रमा विजयी हासिल गरेका वाम गठबन्धनका उम्मेदवारहरुले अब बन्ने नयाँ सरकारमा समग्र भोजपुरको विकास र समृद्धिका लागि डटेर काम गर्ने अठोट गरेका छन् । आईतबार स्थानिय भोजपुर सदरमुकाममा मिडिया सेन्टर भोजपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा विजयी उम्मेदवारहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासा समेट्दै भावी मुख्यमन्त्रीका दाबेदार मानिएका भोजपुर क्षेत्र नं २ का विजयी वामगठबन्धनका उम्मेदवार शेरधन राईले भोजपुरको समग्र विकास निर्माण र समृद्धिको काममा आफु अगाडी सरिक रहेने बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्त, कलकारखाना, उद्योगधन्दामा टेवा, रोजगारी सिर्जना जस्ता क्षेत्रमा भोजपुरलाई प्रमुख प्राथमिकतामा राख्ने उनको भनाई थियो ।
त्यस्तै प्रतिनिधीसभा सदस्यमा विजयी वाम उम्मेदवार सुदन किँराती पनि महिलाको हकअधिकारको सुनिश्चितता र सबै क्षेत्रमा महिलालाई समान अवसर प्रदान गरिनुपर्ने भनाई राखेका थिए । त्यसैगरि प्रदेशसभा सदस्य भोजपुर क्षेत्र नं १ बाट विजयी अर्का वामगठबन्धनका उम्मेदवार राजेन्द्र कुमार राईले उत्तरी संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पुल निर्माण र काम सम्पन्न गरिसक्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत पत्रकार सम्मेलनमा प्रतिबद्धता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार