जितपछि पनि उम्मेदवारलाई घरदैलो र विजयीसभा गर्न भ्याईनभ्याई

  सिलिचुङ सम्बाददाता  567 पटक हेरिएको

दक्षिणी हतुवागढी गाउँपालिका, घोरेटारबजारस्थित वाम गठबन्धनको विजयीसभामा भाग लिँदै विजयी वाम उम्मेदवारहरु । तश्विर/ सिलिचुङ साप्ताहिक

भोजपुर । प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचन सकिएपनि भोजपुरमा विजयी उम्मेदवारहरु घरदैलो र विजयीसभामा सामेल हुने क्रम रोकिएको छैन । प्रदेशसभाका लागि भोजपुरबाट क्षेत्र नं १ का विजयी राजेन्द्र कुमार राई, भोजपुर २ का विजयी शेरधन राई र प्रतिनिधीसभाका विजयी माओवादी केन्द्रका सुदन किँराती तीनैजना विजयी वाम उम्मेदवारहरु संगसंगै आ–आफ्ना क्षेत्र, स्थान एकपछि अर्कोगर्दै धन्यवाद दिन घरदैलो गर्दै जनतासामु पुगेका छन् ।
भोजपुरमा एकछत्र वाम गठबन्धनले बाजी मारेपछि उम्मेदवारहरु उही एजेण्डा र प्रतिबद्धता दोहो¥याउँदै जनतालाई धन्यवाद दिन गाउँगाउँ, घरघर, टोलटोलमा घरदैलो अभियान र विजयीसभा राख्न भ्याईनभ्याई देखिएको छ । वाम वर्चस्व जमाएको भोजपुरमा वाम कार्यकर्ताहरु उम्मेदवारहरुको साथसाथै यतिबेला विजयी जुलुस र विजयी सभा गर्दै जनताको घरदैलोमा पुगेका छन् ।

जनताको अमूल्य भोट बेचेर नखाने र जनता नै सर्बस्व रहेको भोजपुरबाट प्रतिनिधीसभा सदस्य निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किँरातीले बताए । ‘जनताको अमूल्य भोट हामी बेचेर खाने छैनौ । जनतान नै हाम्रा भगवान सर्बस्व हुन् । उहाँहरुको अमूल्य भोटलाई साक्षी राख्दै उहाँहरुको अनुहारमा हाँसो ल्याउनेछौ ।’ उनले भने । उनले चुनाव अघिको एजेण्डालाई दोहो¥याउँदै भोजपुर र संखुवासभाको सीमानामा पर्ने अरुण तेस्रोबाट संखुवासभा जिल्लाले मात्र लाभ लिने कुराको प्रत्यक्ष फाइदाको भोजपुरलाई गराउन आफूहरुको भुमिका रहने बताए ।

त्यस्तै प्रदेशसभा भोजपुर २ बाट विजयी वाम उम्मेदवार एबम् प्रदेश मुख्यमन्त्रीको होडमा रहेका शेरधन राईले पनि जनताको अमूल्य भोटलाई त्यसै खेर जान नदिई विकास र समृद्धिको ढोका खोल्ने कार्यमा आफु र आफ्ना विजयी वाम उम्मेदवारहरु विश्वस्त रहेको ईच्छा जाहेर गरे । ‘भोजपुरे जनताको अमूल्य भोटले हामी उम्मेदवारहरुले जित्यौँ, त्यसका लागि हामी हामी आभारी प्रकट गर्न चाहान्छौ ।’ उनले भने, ‘भोजपुरलाई अब माग्ने र धाउने हैन डाडु पन्यु लिएर पस्कन सक्ने हैसियतमा विकास र समृद्धिको बाटो दिलाउँछौ ।’ राईले सुनसरी, उदयपुरसँग सीमा जोडिएको भोजपुरको दक्षिणी क्षेत्रलाई भोजपुर सदरमुकाम हुँदै चिनको किमाथाङ्कासम्म जोड्ने गरी काम गर्न सक्ने विकासको एजेण्डा पनि दोहो¥याए ।
हालैसम्पन्न निर्वाचनमा प्रतिनिधीसभातर्फ सुदन किँरातीले कुल १२ हजार छ सय ९८ मत, प्रदेशसभा भोजपुर (२) तफै शेरधनले कुल १३ हजार दुई सय २९ मत र प्रदेशसभा भोजपुर (१) तर्फ राजेन्द्र कुमार राईले कुल सात हजार सात सय ५६ मतको फराकिलो अन्तरले आफ्ना प्रतिद्धन्दीलाई हराउँदै विजयी भएका थिए भने समानुपातिक तीनवटै क्षेत्रमा एमाले पहिलो दल बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार