प्रत्यक्षमाभन्दा समानुपातिकमा दोब्वर मत बदर

  सिलिचुङ सम्बाददाता  345 पटक हेरिएको

भोजपुर । समानुपातिक तर्फको वदर मत प्रत्यक्षमा भन्दा दोब्वर बढी भएको छ । समानुपातिकातर्फ २० हजार पाँच सय १८ मत बदर भएको हो । प्रत्यक्षमा भन्दा समानुपातिकमा २५ दशमलव ८३ प्रतिशत बढी मत बदर भएको छ ।
प्रतिनिधीसभातर्फ खसेको ६५ हजार नौ सय ८ मतमध्ये नौ हजार १० मत, प्रदेशसभातर्फ भोजपुर (क) मा खसेको ३५ हजार एक सय १६ मत मध्ये पाँच हजार आठ सय ५१ र भोजपुर (ख)मा तर्फ खसेको ३० हजार सात सय ९२ मध्ये ५ हजार ६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामको जानकारी दिए ।
यस्तै प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुरमा प्रत्यक्षतर्फ दश हजार दुई सय ६० मत बदर भएको छ । यो वदर मत प्रतिशत सबै क्षेत्रलाई जोड्दा कुल खसेको मतको २२ दशमलव ८७ प्रतिशत हो । जसमा प्रतिनिधिसभातर्फ आठ दशमलव तीन प्रतिशत, प्रदेशसभातर्फ भोजपुर (क) मा ६ दशमलव ७२ प्रतिशत र भोजपुर (ख) मा सात दशमलव ८५ प्रतिशत मत वदर हुन आउँछ ।
प्रतिनिधिसभातर्फ खसेको ६५ हजार आठ सय ९९ मतमध्ये पाँच हजार चार सय ७५, प्रदेशसभातर्फ भोजपुर (क) मा खसेको ३४ हजार नौ सय ३८ मतमध्ये दुई हजार तीन सय ५१ र भोजपुर (ख) तर्फ खसेको ३० हजार नौ सय ७९ मतमध्ये दुई हजार चार सय ३४ मत वदर भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताए । भारी संख्यामा मतबदर हुनको पछाडी प्रभावकारी मतदाता शिक्षा नुपग्नु प्रमुख कारण रहेको उनले बताए ।
प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ भोजपुर जिल्लामा तीन वटै क्षेत्रमा गरी ४८ दशमलव सात प्रतिशत मत बदर भएको देखिन्छ । जसमा प्रतिनिधिसभातर्फ १३ दशमलव ६७ प्रतिशत, प्रदेशसभातर्फ भोजपुर क्षेत्र (क) मा १६ दशमलव ६६ प्रतिशत र भोजपुर (ख) मा १८ दशमलव ३७ प्रतिशत मत बदर भएको छ । स्थानिय तह निर्वाचनमा एक हजार ६ सय ९१ मत वदर भएको भोजपुरमा कुल एक लाख १३ हजार सात सय ४५ मतदाता रहेकोमा प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनमा ६५ हजार आठ सय ९९ मत खसेकोमा समानुपातिकतर्फ ६५ हजार ९ सय ८ मत खसेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार